दर्जनौं सुरक्षाकर्मी र काँग्रेस कार्यकर्ता घाइते
मनोज यादव----video सहित
सर्लाही ,असोज २८
प्रहरीले हत्याको छानबिन नगरेको भन्दै आज दिउँसो (बुधबार ) नेपाली कांग्रेस द्वारा सर्लाहीकाे सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ ।जिल्ला प्रहरी कार्यालय अगाडी भएको उक्त प्रदर्शनले उग्ररुप लिएपछि काँग्रेस कार्यकर्ता र सुरक्षाकर्मी बिच दोहोरो झडप भएकाे छ ।
झडपको क्रममा दुबै तर्फबाट ढुँगा हानाहान र लाठी चार्ज हुँदा डिएसपी मदन कुवँर सहित १६ जना सुरक्षाकर्मीहरु घाईते भएकाे छ ।स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई ३१ राउन्ड अश्रु ग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक मदन कुवँरले जानकारी दिएकाे छ ।प्रदर्शनकारीहरु मध्ये काँग्रेसका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति नागेन्द्र रायले दिएकाे जानकारी अनुसार आफ्नो १३ जना पार्टी कर्याकर्ताहरु घाइते भएकाे छ, जसमध्ये १२ जना गम्भीर रूपमा घाईते रहेका छन् । झडपको रिपोर्टिङ गर्न पुगेका केही पत्रकारहरुलाई पनि चोटपटक लागेको छ । घाईतेहरूकाे उपचार सर्लाही असपताल मलंगवामा भईरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी सर्लाहीको रामनगर गाउँपालिका वडा न–७ सिसौट निवासी महेन्द्र रामको हत्याको छानबिन नगरेको भन्दै प्रदर्शन गरेका हुन् । रामलाई गएको असोज २१ गते साँझकाे समयमा आफनो घर अगाडी बसिरहेको अवस्थामा करिब १५ जनाको समुहमा आएका मानिसहरुको समुहले घरेलु हातहतियारद्वारा हमला गरि गम्भीर घाइते बनाएका थिए । गम्भिर घाइते भएका रामको सदरमुकाम मलंगवा स्थित सर्लाही अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि इन्डो अस्पताल बिरगंज लगिएको र त्यही उनको भोली पल्ट (असोज २२ गते) मृत्यु भएको थियो । रामको मृत्यु पश्चात् शव परिक्षणको लागि सर्लाही स्थित मलंगवा अस्पताल ल्याउने क्रममा प्रहरीले अनावश्यक दवाव दिई शवलाई बिरगंज स्थित नारायणी अस्पतालमै राखेको भनी काग्रेसका नेताहरूकाे भनाई छ ।दुई दिन अगाडी पार्टीले रामको हत्याको छानबिन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र समेत पठाइसकेको जिल्ला अध्यक्ष रायले बताए ।
आफुहरुको जायज मागलाई जिल्ला प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर विराेध प्रदर्शन गरेकाे काँग्रेस सर्लाहीका नेताहरूले बताएका छन् ।पार्टीले मृतक परिवारको जाहेरी दरखास्त दर्ता, सहिद घोषणा र परिवारलाई क्षतिपूर्ती लगायतका मागहरु राख्दै आएको छ । प्रहरीलेनै अपराधको निष्पक्ष छानबिन गर्नुको साटो राजनीतिक दवावमा आएर पिडित पक्षको जाहेरी दरखास्त दर्ता नै नगरी दोषिलाई उन्नमुक्ति दिने कार्य गरेको कांग्रेसका नेताहरूले अाराेप लगाएकाे छ । हाम्रो मागहरू पुरा नभए र दोषि उपर कडा कार्वाही नभए मृतकको शव नबुझ्ने र पिडित परिवारलाई न्याय दिलाउन थप संघर्षका कार्यक्रमहरु अघि सार्ने नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापती तथा संघीय सांसद नागेन्द्र कुमार रायले बताउनु भयो । मृतक रामको शव विगत ६ दिन देखि नारायणी अस्पतालमै राखिएको छ ।
थप अपडेट:-*नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३२ जना र २ दर्जन भन्दा बढी काँग्रेसका कार्यकर्ता घाइते*
No comments:
Post a Comment