Thursday, October 29, 2020

काँग्रेसको दशैं शुभकामना सँगै पार्टी प्रवेश




सर्लाही ,कात्तिक १३

   नेपाली कांग्रेस सर्लाहीले ब्रम्हपुरी गाउँपालिका वडा न-६,पिपरा टोलमा विजया दशमी र आउँदै गरेको दिपावली तथा छठ पर्वको साथै मुस्लिम समुदायको १२ रब्बी उल अब्बल पर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । 

    नेपाली कांग्रेस सर्लाहीका सभापति एंव संघीय सांसद  नागेन्द्र कुमार राय, केन्द्रीय सदस्य तथा पुर्व सांसद जंगीलाल राय, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शम्भु लाल श्रेष्ठ ,नेपाली काँग्रेस सर्लाहीका बरिस्ठ  नेता जय प्रकाश मलिक, जिल्ला समिती सदस्य तथा मलंगवा नगरपालिका वडा न-६ खुटौनाका  वडा अध्यक्ष मो. तैयब मिया मुकेरीको उपस्थितिमा पिपरा निवासी जसपा रामकैलाश राय र हिरेन्द्र कुमार यादव समेत गरि ६०० जना भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरूले सो कार्यक्रमको अवसरमा नेपाली कांग्रेसमा  प्रवेश गरेका छन् । 

   पार्टीका जिल्ला सभापति राय लगायतका नेताहरुले नव प्रवेशी कांग्रेसी नेताहरूलाई टिका र माला लगाएर चाडपर्वको शुभकामना दिंदै  पार्टीमा स्वागत गरेको कैमुल हुसैनले जानकारी दिए ।

    

No comments:

Post a Comment