Friday, October 9, 2020

लैंगिक हिंसा सम्बोधनका लागी प्रेषण प्रणाली सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

 






बखतियार अली-----
सर्लाही २३ असोज
     समग्र रुपमा लैंगिक  जन उतरदायिक तथा जवाफदेही, न्यायमा पहुच र सुद्धिढिकरणका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । यु. के. एड को अर्थिक सहयोग , समग्र जन उत्थान केन्द्र लहानद्वारा संचालित सहज परियोजनाको आयोजनामा तथा  ब्रहम्पुरी गाउँपालिकाको सहकार्यमा लैङिक हिंसा सम्बोधनका लागि एकदिने आभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
     ब्रहम्पुरी गाउँपालिका अध्यक्ष विनोद कुमार साहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष गीता देवी यादव परियोजना सल्लाहकार समितिको  संयोजकको हौसियतले  उपस्थिती जनाएका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवनारायण कापर विशेष अतिथीको रुपमा लैङिक हिंसा सम्बोधनको बारेमा आफनो अमुल्य बिचार राख्नु भएको थियो । कार्यक्रममा गा. पा. का. कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता कौशल किशोर साहले प्रचलित ऐन कानूनको बारेमा उपस्थित सबैलाई विस्तारले जानकारी गराउनु भएको थियो । लैङ्कि हिंसा सम्बोध तथा प्रेषण प्रणालीको बारेमा ब्रहम्पुरी गा. पा.  अन्तरगत रहेका ७ वटै वडाका वडा अध्यक्षहरुले अ–आफ्नो जिज्ञासा र जानकारीहरु आदान–प्रदान गर्नु भएको थियो । गाउँपालिकाका वडा न. १ का वडा अध्यक्ष नगीना साह, २ का वडा अध्यक्ष राजेन्द्र प्रसाद साह, ३ का वडा अध्यक्ष श्याम इन्दल साह, ४ का वडा अध्यक्ष शेख अताउर रहमान,  ५ का वडा अध्यक्ष कृष्ण मोहन कापर, ६ का वडा अध्यक्ष राकेश यादव र ७ का वडा अध्यक्ष श्याम सुन्दर रायले लैङ्कि हिंसा उन्मुलन र नियन्त्रणमा समग्र जनउत्थान केन्द्र लहानद्रारा संचालित सहज परियोजनाले राम्रो काम गरेको भन्दै  प्रशंसा गरेका थिए ।
    सहज परियोजनाका कार्यक्रम अधिकृत निरमा चौधरीले कार्यक्रमको संचालन गर्दै परियोजनाको उदेश्य र कामहरुको बारेमा प्रकाश पार्दै सबैलाई सहज परियोजनाको बारेमा सहभागी हरुलाई जानकारी गराउनु भएको थियो  ।
     अभिमुखिकरणमा संस्थाकी सामाजीक परिचालक गुन्जा साहले सहजीकरण गरेकी थिइन् । इन्टरनेशनल अलर्टको सिनियर प्रोग्राम अफिसर महेन्द्र महतोले परियोजनाको लक्षय प्राप्तीका लागि सामाजिक अभियन्ता र राजनीतिककर्मीको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो । ब्रहम्पुरी गाउपालिकाका अध्यक्ष विनोद कुमार साहले भने कार्यपालिकाले लैङ्किा हिंसा, धरेलु हिंसा र लैङ्कि विभेद नियन्त्रण तथा उन्मुलनका लागि गाउँपालिकाले नँया ऐन पारित गरेको छ । जस अन्तरगत ऐन अनुसार बनाईको समितीले लैङ्कि हिंसा र विभेद अन्त्य गर्नको लागि २४ धण्टा कार्यरत रहेको गा. पा. अध्यक्ष  साहले भने । त्यस्तै लैङ्कि हिंसाबाट पिडीत महिलाहरुको लागि सुविधा सम्पन्न (सेफ हाउस) समेत निर्माण गरिएको उहाँले बताउनु भयो । ब्रहम्पुरी गाउँपालिकालाई लैङ्कि हिंसा मुक्त बनाउनको लागि आफुहरु  सशक्त  रुपमा लागि परेको अध्यक्ष साहले बताए ।

No comments:

Post a Comment