Monday, October 19, 2020

फेन्हाराबाट गर्भपतन गराएर फालिएको ५-६ महिनाको मानिसको भ्रुण फेलापर्यो

 

 

सर्लाही ,कात्तिक ३
     सर्लाहीको विष्णु गाउँपालका वडा न-५ फेन्हारा स्थित बाँस घारीबाट गर्भपतन गराएर फालिएको अवस्थामा भ्रुण फेला परेको छ ।
     आइतवार बिहान स्थानीयबासीहरुले बाँस घारीमा फालिएको अवस्थामा अन्दाजी ५-६ महिनाको मानिसको भ्रुण देखेपछि सिमा प्रहरी चौकी फेन्हारामा खबर गरेका थिए ।खबर पाउनासाथ सि.प्र.चौकी फेन्हाराबाट प्रहरी नायब निरिक्षक शम्भु पाठकको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरिक्षक उमाशंकर प्रसादको कमाण्डमा ७ जनाको प्रहरी टोलि घटना स्थलमा पुगेर मुचुल्का उठाएका थिए ।
     उक्त भ्रुण को र कसले गर्भपतन गराइ फालेको खुल्न नसकेको र सो सम्बन्धि घटनाको अनुसंधान भइरहेको जिप्रका सर्लाहीका प्रवक्ता तथा प्रहरी निरिक्षक मदन कुवँरले जनाएको छ।

No comments:

Post a Comment