Sunday, October 11, 2020

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सहित अन्य कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय एक हप्ताको लागि सिल

 




सर्लाही ,असोज २५
    सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहित ६  जना कर्मचारीहरुमा कोरोना भाईरस पोजेटिभ देखिए पछि सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय ७ दिनको लागि सिल गरिएको छ ।
   शनिबार दिउँसो आएको रिपोर्ट अनुसार प्रजिअ  पौडेल, उनका सुरक्षागार्ड, एकजना प्रशासकीय अधिकृत, राहदानी फाँटमा काम गर्ने एक महिला सहित ६ जना कर्मचारीहरुमा  कोरोना भाईरस पोजेटिभ देखिएको हो । उक्त कार्यालयका एकजना नायब सुब्बाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि गत विहिबार  कार्यालयका सबै कर्मचारी तथा थुनुवाहरु गरी ७१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।
    प्रजिअ सहित जिल्ला प्रशसनका ६ जना कर्मचारी र जिल्ला प्रहरी कार्यालयका ५ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि  सनिवार साँझ एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय सर्लाही असोज २५ गतेदेखि असोज ३० गतेसम्म ७ दिनका लागि सिल गरिएको छ । शान्ति  सुरक्षा र विपद् व्यवस्थापन बाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द गरिएको कार्यालयका प्रशासकीय अधिकृत राम प्रमोद यादवले जानकारी दिनुभयो । १ गते सनिवार परेकोले आगामी असोज २ गतेबाट मात्र जिल्ला प्रशासन कार्यालय संचालनमा आउने यादवले जानकारी दिए ।

No comments:

Post a Comment