Thursday, October 15, 2020

मोटरसाइकलको ठक्करबाट १ बालक घाइते

 



लोकतन्त्र समाचारदाता---
सर्लाही ,असोज २९
    सर्लाहीको बरहथवा नगरपालिका वडा न-८ मा बुधबार साँझ  मोटरसाइकल दुर्घटना हुँदा १ जना  घाइते भएका छन् ।
     दुर्घटनामा सोही पालिका निवासी नरेश माझीका १० वर्षीय छोरा पंकज माझी घाइते भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले  जानकारी दिए ।उनका अनुसार नयाँरोड-मधुवनी सडक खण्ड अन्तर्गत हनुमान मन्दिर नजिक हिरापुरबाट बरहथवा तर्फ आउँदै गरेको ना ३८ प ६५२७ नम्बरको  मोटरसाइकलले बाटो क्रस गर्दै गरेको बालक माझीलाई ठक्कर दिएको हो ।
    घाइते बालकको एडभान्स सन्जिवनी अस्पताल बरहथवामा उपचार भइरहेको छ ।बालकलाई नाम र वतन नखुलेको मोटरसाइकल चालकले नै घाइते अवस्थामा अस्पताल पुर्याएर फरार भएको डिएसपी कुवँरले बताए ।चालकको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।


No comments:

Post a Comment