Thursday, October 1, 2020

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता बनाउने विद्यार्थीहरुको भिड बढ्यो

 Video सहित......📹️📺️






मनोज यादव-----                     
सर्लाही ,असोज १५
    सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नेपाली नगरिकताको प्रमाणपत्र लिन विद्यार्थीहरुको  भिड लागेको छ । उच्च शिक्षाका लागि नेपाली  नागरिकताक प्रमाणपत्र अनिवार्य भएकोले भर्खरै एस.ई.ई पास भएर बसेका जिल्लाभरका हजारौं  विद्यार्थीहरुको  जिल्ला प्रशासन कार्यालयमा भिड लागेको हो ।
   समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बन्द गरिएका  बढी भिडभाड हुने जिल्ला प्रशासन लगायतका कार्यालयहरुमा  लकडाउन खुकुलो भएर संचालनमा आएपछि गएको सातादेखि ठूलो भिड लाग्न थालेको छ ।जिल्लाका विभिन्न स्थानबाट  नागरिकता बनाउन आएका विद्यार्थीहरु कोरोना भाइरसको उच्च जोखिमका बाबजुद  कार्यालयको गेट अगाडी बिहान ७ बजेदेखि नै लाइनमा बस्न बाध्य छन् । लाइनमा लागेका कतिपय विद्यार्थीहरु तीन चार दिनदेखि आफ्नो  पालो कुरेर  बसेको तर अहिले सम्म गेट भित्र छिर्न नपाएको गुनासो गरेका छन् ।
   सयौंकाे संख्यामा लाइनमा लागेका विद्यार्थीहरुले सामाजिक दुरीको पालना गरेका छैनन् भने अधिकांश  बिद्यार्थीहरूले माक्स समेत लगाएका छैनन् । विद्यार्थीहरूकाे संख्या अत्यधिक  रहेकाेले सुरक्षाकर्मीहरूलाई भिड  ब्यबस्थापन गर्न हाम्मे हम्मे पर्ने गरेको छ । काेराेना नियन्त्रणका लागि सरकारद्वारा जारी गरिएकाे समाजिक दुरी र अनिवार्य रुपमा माक्स  लगाउनुपर्ने नियमको प्रशासन कार्यालयकै अगाडी उलंघन भइरहेको देख्दा  प्रशासनको काम गर्ने शैली प्रति प्रश्नचिन्ह लागेको छ ।

No comments:

Post a Comment