Wednesday, October 14, 2020

सर्लाहीको बेल्वाबाट लागूऔषध सहित ४ जना नियन्त्रणमा

 



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असोज २८
     प्रहरीले सर्लाहीको विष्णु गाउँपालिका वडा न-१स्थित बेल्वाबाट  ठुलो मात्रामा  प्रतिबन्धित  लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बसबरिया गाउँपालिका-३ बस्ने वर्ष २६ का सुजित ठाकुर,बरहथवा नगरपालिका -७ बस्ने वर्ष २९ को निरज लामा,जिल्ला धादिङको नेत्रवती गाउँपालिका-४ बस्ने वर्ष २० को विमल घले र जिल्ला रौतहटको वौधीमाई नगरपालिका -२ बस्ने वर्ष २४ को जितेन्द्र पटेल रहेका छन् ।
     प्रहरी चौकी बाराउधोरणबाट प्रहरी सहायक निरिक्षक मुन्ना पासवानको कमाण्डमा खटिएको प्रहरी गस्ती  टोलीले बुधबार (आज)बिहान बेल्वाबाट बारा जाने भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना १७ प ६१४५ र बा ७५ प ९०६४ नम्बरको मोटरसाइकल शंका लागी रोकेर सोधपुछ र चेक जाँच गर्दा सोही ठाउँमा बाटोको छेउमा रहेको परालको कुन्यु (टाल)नजिकै दुइवटा जुटको बोरामा राखिएको २९० पिस win cirex cough syrup नामक लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक दिपक चोरवारले जनाएको छ ।
   प्रहरीले चारैजनालाई बरामद गरेको लागूऔषध र दुइवटै मोटरसाइकल सहित नियन्त्रणमा लिएर थप अनुसंधानका लागि प्रहरी चौकी बाराउधोरणमा राखिएको प्रहरी प्रवक्ता चोरवारले बताए ।

No comments:

Post a Comment