Thursday, October 8, 2020

सर्लाहीमा सवारी दुर्घटनामा परि एक बालिका सहित तीनजना घाईते

 

लोकतन्त्र समाचारदाता -----

सर्लाही ,असोह २२
   सर्लाहीको  विभिन्न तीन  स्थानमा मंगलबार  भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर एक बालिका एक किशोरी र एक महिला गरि तीनजना घाईते भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले दिएको जानकारी अनुसार जिल्लाको हरीपुर नगरपालिका वडा न-६ लक्ष्मीपुर स्थित नवलपुर-मलंगवा सडक खण्डमा दिउँसो साढे १२ बजेको समयमा सदरमुकाम मलंगवाबाट नवलपुर तर्फ आउदै गरेको ना ४० प २८६७ नम्बरको मोटरसाईकले पैदल यात्री सोही नगरपालिकाको वडा न-५ असनवा बस्ने गोपाल बिककी श्रीमती  अन्दाजी वर्ष ५० की मिना बिकलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएर घाइते बनाएको हो ।घटना स्थलमा पुगेका प्रहरी घाइते  महिलालाई तत्कालै उपचारको लागि   हरिवन स्थित नमुना अस्पतालमा पठाएर दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता कुवँरले जानकारी दिएको छ ।
     त्यस्तै सोही दिन दिउँसो २ बजेको समयमा पर्सा गाउँपालिका वडा न–१ सितलपुर स्थित भित्री सडकखण्डमा संग्रामपुरबाट सितलपुर तर्फ जाँदै  गरेको प्र.न२-००१प ९२४० नम्बरको मोटरसाईकलले भारतको सितामढी जिल्ला धनाही घरभइ हाल सितलपुरमा हजुरबुबाको घरमा बस्दै आएकी सुवोध रायकी छोरी ७ वर्षिया संध्या कुमारी रायलाई घर अगाडी खेलिरहेको अवस्थामा  ठक्कर दिँदा घाइते भइ उपचारको लागि जनकपुर पठाइएको छ ।दुर्घटनामा संलग्न  मोटरसाईकल र त्यसका  चालकलाई नियन्त्रणमा लिएर सितलपुर प्रहरी चौकीको हिरासतमा राखिएको प्रवक्ता कुवँरले जनाएको छ ।
   यस्तै  सोही दिन लालबन्दी नगरपालिका वडा न-१ नवलपुर-मलंगवा सडक खण्ड स्थित लर्ड ब्राइट स्कुल नजिक मलगंवाबाट नवलपुर तर्फ आउँदै गरेको नम्बर नखुलेको एभेन्जर  मोटरसाईकलले पैदल यात्री सोही ठाउँ बस्ने अन्दाजी १४ वर्षिया किशोरी खुसी चालिसेलाई ठक्कर दिएको छ ।किशोरीलाई ठक्कर दिएर मोटरसाइकल सहित फरार भएको चालकको खोजी भइरहेको डिएपी कुँवरले बताएको छ ।

No comments:

Post a Comment