Saturday, October 31, 2020

सामाजिक अभियन्ता तथा संस्थालाई सम्मान गरी ज्वाइन आवर हैण्ड्सले बार्षिक उत्सव मनायो

 







सर्लाही ,कात्तिक १५

     सर्लाही जिल्लामा क्रियाशिल युवा पुस्ता सम्मलित सदरमुकाम मलंगवामा रहेको ज्वाइन आवर हैण्ड्स नामक  सामाजिक संस्थाले समाजको विकासमा योगदान पुर्याएका सामाजिक अभियन्ता तथा संस्थालाई  सम्मान गर्दै आफ्नो तेस्रो  बार्षिक तथा स्थापना दिवस मनाएको छ ।

    जिल्लामा `हामी सँग हातमा हात जोडौं´भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै  सामाजिक क्षेत्रमा मन, बचन र कर्मले अभियानका साथ जुटेका ज्वाइन आवर हैण्ड्स संस्थाले आफ्नो तेस्रो  बार्षिक उत्सवको अवसरपारी रक्षाबन्धन तथा जनैपूणिर्माको उपलक्ष्यमा मलंगवा स्थित बालमन्दिरमा  संचालित बालगृहमा आश्रित अविभावक विहीन बालबालिकालाई भाइ स्विकार गरि राखी बाँधेर उपहार प्रदान गरि उदाहरणीय काम गर्नु भएका स्थानीय स्वस्तिका साहलाई संस्थाले कदरपत्रले सम्मान गरेको छ । यसै अवसरमा सामाजिक कार्यमा लाग्न बेलाबेलामा  संस्थालाई  आर्थिक तथा भौतिक रुपमा सहयोग गर्दै आएका मलंगवा स्थित प्रोग्रेसिभ फाइनेन्स लि,राजश्री सेविंग्स एण्ड क्रेडिट ,राजदेवी सर्जिकल सप्लायर्स र बिरबलको खिचडीलाई पनि सम्मान स्वरूप कदरपत्र प्रदान गरेको छ ।

    संस्थाका अध्यक्ष राजेश पंडितको अध्यक्षता तथा मलंगवा नगरपालिकाका मेयर निरसल साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपाका नेता देवेन्द्र यादव,मानवअधिकारकर्मी मुकेश मिश्र,राष्ट्रिय योजनाका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी,सशस्त्र प्रहरी निरिक्षक मनोज चन्दन ,दलित अधिकारकर्मी राजेश पासवान ,बाल संगठन सर्लाहीका सभापति शमिम बाबु , खान लगायत पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

  सोही अवसरमा कार्यक्रमका अध्यक्ष पंडितले संस्थामा सदस्यता लिएका नव प्रवेशी सदस्यहरुलाई सामाजिक कार्यमा निस्वार्थ रुपमा लाग्न  सपथ ग्रहण गराउँदै बाल गृहमा आश्रित बालबालिकाहरुलाई पाठ्य सामाग्री वितरण गर्नु भएको संस्थाका उपाध्यक्ष बालमुकुन्द साहले जानकारी दिए ।कार्यक्रम मलंगवा नपा वडा न-८ स्थित बालमन्दिरको सभा कक्षमा सम्पन्न भएको हो ।कार्यक्रम अवधीभर कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर स्वास्थ सम्बन्धि मापदण्ड अपनाउन स्वास्थ मन्त्रालयले दिएको निर्देशनको पालना गरिएको थियो ।



No comments:

Post a Comment