Thursday, October 8, 2020

बरहथवामा दुई मोटरसाइकल एकआपसमा ठोक्कियो, २ जना घाइते

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,असोज २२

    सर्लाहीको बरहथवा नगरपालिकामा  बुधबार  मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

   बरहथवा नगरपालिका वडा न-७ दूध डेरी स्थित बरहथवाबाट हिरापुर तर्फ जाँदै गरेको ना ५३ प ९८८५ नम्बरको  मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको बा ४५ प ४४८८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा दुबै मोटरसाइकलका चालक घाइते भएका छन् ।

    घाइते हुनेहरुमा ना ५३ प ९८८५ नम्बरको मोटरसाइकलका चालक सोही न.पा को वडा न-५ बस्ने वर्ष१८ को नरेश यादव र बा ४५ प ४४८८ नम्बरको मोटरसाइकलका चालक रौतहट जिल्ला गढीमाई नगरपालिका वडा न ६ बस्ने अन्दाजी मुनीलाल पंडित  रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

    उनीहरुको उपचार गोल्डेन अस्पताल बरहथवामा भइरहेको प्रवक्ता कुवँरले जानकारी दिएको छ ।

No comments:

Post a Comment