सर्लाही , असाेज २४
सर्लाहीका प्रमुख जिल्ला अधिकारी (CDO) सुरेन्द्र पाैडेललाई काेराेना पाेजेटिंभ भएकाे छ । प्रजिअ पाैडेलले अाफनाे फेसबुक पेज मार्फत अाफुलाई काेराेना भएकाे जानकारी दिनुभएको छ ।
गत असाेज २२ गते PCR चेकजाँच गराउदा काेराेना पाेजेटिंभ अाएकाे उहाँले बताउनु भएकाे छ । प्रमुख जिल्ला अधिकारी पाैडेलले अाफुलाई काेराेना भएकाे जानकारी दिदै नजिक र सम्पर्कमा अाएका सबैलाई काेराेना चेकजाँच गराउन अाग्रह गर्नु भएकाे छ ।
यस भन्दा अगाडि केही दिन पहिला जिल्ला प्रशासन कार्यालय सर्लाहीका एकजना कर्मचारीलाई काेराेना पाेजेटीभ भएकाे जानकारी पाएपछि सबैले चेकजाँच गराउँदा प्रमुख जिल्ला अधिकारी पाैडेललाई पनि काेराेना पाेजेटीभ भएकाे छ।
No comments:
Post a Comment