Friday, October 9, 2020

छुट्टाछुट्टै दुर्घटनामा सर्लाहीमा २ जनाको मृत्यु

 

रुना धामी --------

सर्लाही ,असोज
     सर्लाहीको दुई छुट्टाछुट्टै दुर्घटनामा बिहिवार  एकजना बालक सहित दुइजनाको मृत्यु भएको छ ।
    जिल्लाको  गोडैता नगरपालिका वडा न-३ सिमरा भगवतीपुर स्थित गाउँको एक सार्वजनिक पोखरीमा नुहाउन भनी गएका स्थानीय प्रदिप साहका ७ वर्षिय छोरा रमेश कुमार साहको  डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
     त्यस्तै सोही दिन सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न- ५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहान सखुवनीबाट बयलवासतर्फ आइरहेको ना ५ प ३६९१ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भएर  पल्टिँदा चालक सोही ठाउँका  ६५ वर्षीय पुरुषोत्तम प्रसाद कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।मोटरसाइकल दुर्घटना भइ गम्भीर  घाइते भएका कोइरालाको उपचारको लागि धलिखेल अस्पताल पुर्याउँदा  चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता कुवँरले जानकारी दिए ।

No comments:

Post a Comment