Rastriya Loktantra Daily

Sunday, February 28, 2021

जेसिज माविका प्रिन्सिपल भोला भट्टद्वारा बुवाआमाको सम्झनामा बृद्धवृद्धालाई मिष्ठान्न भाेजन तथा नगद सहयोग



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन १६

        सदरमुकाम मलंगवामा  रहेको जेसीज अंग्रेजी अावासीय मा.वि.का प्रिन्सिपल लालबन्दी नगरपालिका वडा न-७ निवासी भेला भट्टले स्वर्गीय बुवाआमाको सम्झनामा वृद्धाश्रममा आश्रित वृधवृद्धाको लागि नगद रकम सहयोग गरेका छन् ।

    प्रत्येक महिना ११ सयको दरले विगत दुई वर्ष देखि लगातार  नगद रकम सहयोग गर्दै आइरहनु भएका भट्टले आज(आइतवार)स्वर्गीय बुवा  राम प्रसाद भट्टको काे १३अाैं दिनको पुण्य तिथिको अवसर पारेर एक मुष्ट  ११ हजार नगद रुपैया सहयोग गर्नु भएको हो । आजै दिउँसो जेसीज अंग्रेजी अावासीय मा.वि.का कक्षा १० "ख"का बिद्यार्थीहरुले आफ्नो गोजी खर्चबाट केही रकम बचाएर जम्मा भएको रकमबाट  लालबन्दी नपा- २ जुटपानी स्थित पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा  बुवा-अामालाई मिष्ठान्न भाेजन समेत गराएको सेवाश्रमकी संचालिका भवानी कोइरालाले बताएका छन्  । 

   सेवाश्रमका संरक्षक कोइरालाले   दुइवर्षदेखि लगातार रुपमा नगद रकम सहयोग गर्दै आइरहनु भएका भट्टलाई संस्थाको तर्फबाट सम्मान स्वरुप दाेसल्ला अाेढाएर धन्यवाद दिएका छन् ।

Posted by खवर सर्लाही at 10:21 PM 1 comment:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

मलंगवा बजारको सडक चाैडा नहुँदा सर्वसधारणलाई समस्या

 

----विकासमा राजनीति भयो भने भावि पुस्ताले विकासको अनुभुति गर्न नपाउने चिन्ता----


मनोज यादव---

सर्लाही ,फाल्गुन १६

    वर्षाै वर्ष देखि सर्लाही  जिल्लाकाे सदरमुकाम मलंगवा  नगरपालिका स्थित रहेका बजार र भित्री टोलका सडकहरु साँघुरो तथा  जिर्ण अवस्थाका रहे पनि  कुनै निकायले ध्यान नदिँदा सर्वसाधारणहरुलाई सास्ति बेहाेर्नु परेको छ ।

    बाबा स्वामिको मठदेखि बसपार्क , बालमन्दिर , नगरपालिका चौक, भगवती मन्दिर हुँदै राजश्री सिनेमा हलसम्मको मुख्य सडकको दुवै छेउमा सानाठूला सवारीसाधनहरु पार्किङ गर्दा गाडीदेखि बाटाेमा हिड्ने पैदल यात्रीहरुलाई समस्या हुँने गरेको छ ।उक्त सडकमा गाडीहरुको चाप पनि धेरै हुने गरेका छन् ।मुख्य सडक मात्र नभइ नगरका भित्री सडकहरु पनि साँघुरो रहेका छन् ।

   तर ती सडकहरु बनाउनकाे लागि पटक पटक नगरपालिकाको   ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएको स्थानीयबासीहरुले बताएका छन् ।नगरप्रमुख निरसल साहले भने अब केही दिन भित्रै सडक अतिक्रमण गरेर बनाइएका घर टहराहरु हटाउनका लागि  सूचना जारी गरि सडक निर्माणको काम सुरु गर्ने बताउनुभएको छ ।   

     बजारमा प्रवेश गर्ने सबै बाटाेहरु अतिक्रमण गरिएका छन् । कसकाे घर सडकमा पर्छ कसकाे पर्दैन त्याे हेर्ने समय नरहेकाे र जनसंख्या दिन प्रतिदिन बढिदै गईरहेकाेले आउँदो पुस्ताको भविष्यलाई मध्येनजर गर्दै सडक चाैडा हुनु पर्ने स्थानीयहरु  सुझाव छ ।विकासको मामिलामा मलंगवा जिल्लामै सबैभन्दा पुरानो र पहिलो नगरपालिका भएपनि  लालबन्दी , हरिवन, बागमती ,बरहथवा, इश्वरपुर लगायतका नयाँ  नगरपालिकाहरुको  तुलनामा धेरै पछाडि परेकोेले मलंगवालाई विकास तिर ल्याउनु छ भने कसैकाे प्रभा नगरि जनता प्रति उत्तरदायी भएर अगाडि बढनु अहिलेको अावश्यकता पनि छ ।  यदी यसमा राजनीतिक खेल भयाे भने भावि पुस्ताले कहिले पनि मलंगवामा विकास भएको देख्न पाउने छैन ,जानकारहरु बताउँछन् ।  


Posted by खवर सर्लाही at 1:16 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

सर्लाहीमा सवारी लाइसेन्स विना नै अधिकांश अटो संचालनमा

 


----दुर्घटनाको जोखिम बढदै----


मनोज यादव----

सर्लाही ,फाल्गुन १६

      सर्लाहीमा  सवारी चालक अनुमति पत्र (लाइसेसन्स) विना नै अधिकांश अटो रिक्सा तथा टेम्पु निर्वाध रुपमा सञ्चालन भइरहेको पाइएको छ ।

   जिल्लाका शहर बजारदेखी गाउँघरसम्म पुग्नलाई सबभन्दा सस्तो र भरपर्दो सवारीको रुपमा अटोलाई नै लिने गरिन्छ ।एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न अटो रिक्सा तथा टेम्पु सबैलाई सहज भएको छ तर अटो चलाउने अधिकांश चालकसँग लाइसेन्स छैन ।जिल्लामा  लगभग ७५ प्रतिशत अटो तथा टेम्पु चालकसँग सवारी लाइसेन्स नहुँदा दुर्घटनाको जोखिम समेत उतिकै रहेको देखिएको छ। 

जिल्लाको सदरमुकाम मलंगवा लगायत प्रमुख शहर तथा ग्रामीण  क्षेत्रमा चल्ने अधिकांश चालकसँग चालक अनुमति पत्र लाइसेन्स नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अधिकांश चालकले अनुमतिपत्र विना नै अटो रिक्सा तथा टेम्पु चलाउने गरेको भन्दै बेलाबेलामा छड्के चेकिङ गर्ने गरेको ट्राफिक प्रहरी कार्यालय मलंगवाका इन्चार्ज केपी मैनालीले बताए ।

   सवारी लाइसेन्स विहिन  अटो रिक्सा तथा टेम्पु चालकका कारण  सवारी दुर्घटना बढेको भन्दै त्यस्ता सवारीसाधन चलाउन माथि  रोक लगाउनुपर्ने स्थानीयहरुले बताएका छन। 

  अन्य सवारीसाधन भन्दा अटोको भाडा सस्तो हुने गरेकोेले कतै जानुपर्दा यात्रुहरु अटोलाई नै रोज्ने गरेका छन् । जसका कारण अहिले जिल्लाका शहर बजार देखी गाउँसम्म अटो रिक्सा तथा टेम्पुको चाप बढेको छ । दिनप्रति दिन अटो रिक्सा तथा टेम्पुको चाप बढदै गएको र ट्राफिक नियमको उल्लंघन समेत धेरै मात्रामा हुँदा दुर्घटना समेत बढेपछि सिमित गतिमा चलाउन, तोकिएको स्थानमा मात्र पार्किंग गर्न, रुट परमिट लिन र भाडा दर टाँस गर्न समेत अनिवार्य नभएको कारण अटो रिक्सा तथा टेम्पु चालकहरुको मनोमानी पनि बढेको पाइएको छ ।

अटो रिक्सा तथा टेम्पु लाई व्यवस्थि गर्न सके सवारी दुर्घटनामा समेत कमी आउने रिपोर्टस क्लब नेपाल सर्लाही शाखाका सचिव राजिव साहले बताए । 

    जिल्लाका अधिकांश टेम्पु चालकहरु पहिलाको रिक्सा चालकहरु रहेका छन् ।

Posted by खवर सर्लाही at 1:10 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Saturday, February 27, 2021

सांसद प्रमोद साहद्वारा सर्लाहीको सपही नदीमा बाँधको शिलान्यास

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १५  

     नदी कटानका कारण प्रत्येक वर्ष  बाढी तथा  खेतीबारी कटानको समस्या भोग्दै आएका स्थानीयबासीका लागि सर्लाहीको इश्वरपुर नगरपालिका वडा न-१ पोखरियाको सपही नदिमा बाँधको निर्माण हुने भएको छ ।वर्षेनि नदीमा आउने बाढीले गाँउलाई समेत प्रभाव गरिरहेकोले उक्त खेतिबारी को संरक्षण गर्न तथा बाढीबाट गाउँलाई बचाउन बाँधको निर्माण हुन लागेको हो ।

    शनिबार  एक कार्यक्रमकाबीच संसदीय निर्वाचन क्षेत्र न-१ का संघीय सांसद प्रमोद साहले  बाँधको शिलान्यास गर्नुभएको छ ।सांसद साहको संसदीय विकास कोषको १ करोड रुपैयाको लागतमा  निर्माण हुन लागेको उक्त बाँधको निर्माण पश्चात् खेतबारी कटान र गाउँमा बाढीको समस्या समाधान हुनुका साथै किसानलाई सिंचाइको समेत सुविधा प्राप्त हुनेछ ।

   शिलान्यास कार्यक्रममा जसपा नेपालका  क्षेत्रीय अध्यक्ष  राम नरेश साह,जसपा नगर अध्यक्ष  पंची महतो,जसपा नेता नागेन्द्र राय,स्थानीय नेता  डा. कौशल किशोर महतो,गगन देव साह, राम विश्वास राय,मो. जुमराती अंसारी,मो.भगल अंसारी, मो.इजराईल अंसारी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।



Posted by खवर सर्लाही at 11:20 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

खाद्य तथा कृषि संस्थाले वितरण गरेको गुणस्तरहीन बिउका कारण धारासायी बन्दै व्यवसायीक तरकारी खेती

 ----ऋण लिएर गरेको खेती बिगि्रए पछि सर्लाहीका किसान मारमा---


लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन १५ 

       सर्लाहीको पुर्वी क्षेत्रमा पर्ने धनकौल गाउँपालिकामा कृषि समूहमा आबद्ध भइ  व्यवसायी  तरकारी खेती गर्दै आएका स्थानीय महिला समूहका सदस्यहरु खाद्य तथा कृषि संस्थानले वितरण गरेको  गुणस्तरहीन बीउका कारण ऋण लिएर लगाएको तरकारी खेती बिग्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।निशुल्क रुपमा बीउ पाउने भएपछि गाउँमै साहु महाजन सँग चर्को ब्याजदरमा ऋण लिएर गरेको तरकारी खेती टिप्ने बेलामा आएर पुरै बिगि्रएको उनीहरूले गुनासो गरेका छन् ।

     तरकारी बेचेर पैसा कमाउने सपना देखेका स्थानीय महिला किसानहरुको टाउकोमा झन ऋणको भार थपिएको छ। संस्थानले आफुहरुलाई झुक्याएर वितरण गरेको गुणस्तरहीन बिउका कारण खेती बर्बाद भएर रातदिन गरेको मेहनत खेर गएको  ब्रह्मबाबा महिला कृषि समूह धनकौलकी सदस्य रवतीया देवीले बताइन । संस्थानले समूहलाई  समयमा  कुनै  सामग्री समेत वितरण नगरेको गुनासो गर्दै कमसल जातको बिउ विजनका कारण आलु, प्याज , काउली, बन्दाकोभी, लगायतका तरकारी बाली पुरै बिगि्रएको बताइन ।

    सुरुका दिनमा समूह बनाउने बेला  संस्थानले राम्रो र गुणस्तरीय बीउ  वितरण गरेपनि अहिले आएर कमसल  जातको बिउ वितरण गर्न थालेको समूहकै अर्का एक सदस्य  शान्ति देवीले बताइन ।खाद्य तथा कृषि संस्थान द्वारा वितरण गरिने  बीउ विजन र कृषि  सामग्रीहरुको माग स्थानीय स्तरमा उच्च रहेपनि लक्षित समूहसम्म   ढिलो गरि पुग्ने गरेको छ । संस्थानले खेतीको लागि अावश्यक पर्ने रासायनिक मल, किटनाशक औषधी, स्प्रे टयांकी, पम्पसेट,कोदालो  बिउविजन, लगायतका सामग्री समयमा वितरण नगर्दा स्थानिय स्तरमा कृषि क्षेत्र धरासायी बन्दै गएको र कृषिमा निर्भर रहेका  परिवार समस्यामा परेको शान्तीदेवीले  गुनासो गरिन ।  कुनै पनि किसिमको उपकरणहरु हालसम्म  वितरण  नगरिएको उनीहरुले बताएका छन ।  

दिनरात मेहनत गरेर गरेको खेतीमा संस्थाले वितरण गरेको गुणस्तहिन बिउका कारण  दिनरात मेहनत गरेर गोडमेल गरेको बालीमा फल समेत नलागेको र  केहीमा  लागेपनि सानो र अस्वस्थ  फल लागेकाले  काटेर  गाईवस्तुलाई खुवाउने गरेको उनीहरुले बताए ।

       ग्रामीण क्षेत्रमा परिवारको भरण पोषणका लागि  आम्दनीको एकमात्र स्रोत कृषि पेसा भएकोले कमसल जातको बिउका कारण पेशा संकटमा परि परिवार बिच्चलीमा परेको समूहका सदस्यहरुले दुखेसो पोखेका छन। 

     वि.स २०७२ साल चैत्रमा खाद्य तथा कृषि संस्थाद्वारा ग्रामिण महिला सशक्तिकरणका कार्यक्रम संचालन गर्नका लागि सर्लाहीको धनकौल गाउँपालिका वडा न-३ र  ५ मा गरी जम्मा ९ वटा महिला कृषि समूह गठन गरिएपनि सम्बन्धित निकायको चरम लापरवाहीका कारण गठन   भएका समूहहरु अहिले कागजमै सिमित हुन पुगेको छ ।


 


Posted by खवर सर्लाही at 11:14 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

सर्लाहीबाट प्रजिअ सुरेन्द्र पौडेल जाँदै चितवनबाट नारायण प्रसाद भट्टराई आउँदै

 




लोकतन्त्र समाचारदाता -----

सर्लाही ,फाल्गुन १५

     सर्लाहीको प्रमुख जिल्ला अधिकारी(सिडयो)सुरेन्द्र पौडेलको सरुवा भएको छ । उहाँको ठाउँमा चितवनबाट  नारायण प्रसाद भट्टराई आउने भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

      सात महिना  सर्लाही जिल्लाको बागडोर सम्हाल्नु भएका प्रजिअ पौडेललाई गृह मन्त्रालयले  बारा जिल्लाको सिडयोको रुपमा  सरुवा गरेको छ । गृह मन्त्रालयले शुक्रवार सर्लाही सहित ३६ जिल्लाका सिडियोहरुको एकैसाथ सरुवा गरेका छन् ।सोही क्रममा सरुवा गरिएका पौडेल आजै (शनिबार)  काठमाडौं जाने र केही दिनपछि बारा जिल्ला फर्किएर काम सुरु गर्ने जिप्रका श्रोतले  बताएको छ ।

     नयाँ सीडीओ भट्टराई आउन केही दिन समय लाग्ने भएकोले उहाँको अनुपस्थितीमा भर्खरै सहायक सिडियो भएर आउनु भएका भमिश्वर पोखेरेले जिप्रकाको बागडोर सम्हाल्ने  स्रोतले जनाएको छ


Posted by खवर सर्लाही at 3:56 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

बोलेरोको ठक्‍करबाट पैदल यात्री घाइते

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १५पप

      सर्लाहीको बरहथवामा बोलेरो जिपको ठक्करबाट शुक्रबार  एकजना ब्यक्ति घाइते भएका छन् ।

      बरहथवा नगरपालिका वडा न-२ स्थित बरहथवाबाट हजरिया तर्फ जाँदै गरेको BL4C NB 0789 नम्बरको भारतीय बोलेरो जिपको ठक्‍करबाट सडकमा पैदल हिडिरहेका स्थानीय ५५ वर्षीय कान्छा तामाङ घाइते भएका हुन ।टाउकोमा चोट लागेर  घाइते भएका तामाङको स्थानीय मेडिकलमा प्राथमिक उपचार गरि थप उपचारको लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ।

     तामाङलाई ठक्‍कर दिने सवारी र चालकलाई इलाका  प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको छ।


Posted by खवर सर्लाही at 3:11 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

अस्पतालको लापरबाहीले बालकको मृत्यु भएपछि राजमार्गमा टायर बालेर प्रदर्शन/

 

**एक घण्टा राजमार्ग अवरुद्ध पछि सुचारु** 


लोकतन्त्र समाचारदाता----

सर्लाही, फागुन १५

    सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालकका  आफन्त र स्थानियबासीहरु मिलेर शुक्रबार  सर्लाहीको लालबन्दीमा टायर बालेर प्रदर्शन गरेका छन ।अस्पताल प्रति आक्रोश व्यक्त गर्दै उनीहरुले एक घण्टासम्म पुर्व पश्चिम राजमार्ग समेत जाम गरेका थिए ।

    लालबनदी नगरपालिका वडा न- ६ जनवादी चौक निवासी  रमेश गिरीको ७ महिने छोराको स्थानीय गाउँमैत्री बाल अस्पतालमा केहि दिन देखि उपचार चल्दै आएको र अस्पतालले बालक सिकिस्त भएपछि शुक्रवार बिहान रेफर गरेर पठाएपछि जनकपुर लाने क्रममा बालकको बाटोमै मृत्यु भएक थियो ।उपचार सम्भव नभएपछि सुरुमै रेफर गर्नुको सट्टा अन्तिम समयमा आएर रेफर गरेर उपचारमा संलग्न चिकित्सकले गैरजिम्मेवारीपुर्ण काम गरेको र आफुहरुलाई अभद्र व्यवहार समेत गरेको बालकका आफन्तहरुको आरोप छ । 

     पिडित परिवार र अस्पताल पक्ष बिच बार्ता भइ बालकको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले मिनहा गर्ने सहमती भएपछी करिब १ घण्टा अवरुद्ध गरिएको  राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए । 




Posted by खवर सर्लाही at 3:05 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Friday, February 26, 2021

पत्थरकट्टा जातिको जाँतो,लोर्हा ,सिलौटा बनाउने पेशा संकमा

 

मनोज यादव ---

सर्लाही ,फाल्गुन १४

     नेपालमा अति पिछडिएका  र न्यून संख्यामा रहेका  पत्थरकट्टा भन्ने थेवई जातिको  जाँतो,लोर्हा र सिलौटा, बनाउने पेशा संकटमा परेपछि उनीहरु आफ्नो  पहिचान गुम्ने चिन्तामा परेका छन् ।

    बढ्दो आधुनिकतासँगै समाजमा भएको परिवर्तन  पछि गाउँघरका टोल टोलमा पिठो र मसला पिंध्ने ग्राइण्डिङ्ग मेशीनहरु छ्याप्छ्याप्ति भएकाले सिलौटा,लोर्हा र जाँतो बनाएर जिविकोपार्जन गर्दै आएको उनीहरूको पुर्ख्यौली पेशा संकटमा पर्नुका साथै लोप हुने अवस्थामा पनि पुगेको छ। 

   उनीहरु नेपाल र भारतका विभिन्न स्थानबाट  कालो र गहुंगोरो पत्थर आयात गरेर तथा ओसारेर ल्याईएका गुणस्तरीय पत्थरबाट जाँतो,लोर्हा र सिलौटा बनाउने गर्दछन्। एउटा सामान बनाउन दिनभर समय लाग्ने गरेको पेशाकर्मी जुगल थेवईले बताए ।

   एकसेट लोर्हा- सिलौटा ४ सयदेखि ६ सय रुपैया  र जाँतो  १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्रि हुने गरेकोले  मेहनत र लगानी अनुसारको प्रतिफल नपाएको    उनीहरू बताउँछन् ।

   घोडा र खच्चरमा  बोकेर दिनभर गाउँटोल ,शहर, बजार डुल्दा पनि दैनिक दुइदेखि तीनवटा भन्दा बढी बिक्री नहुने गरेको उनीहरुले बताए । पत्थरकट्टा भन्ने थेवई जातिको घरपरिवार संख्या नेपालमा तीनसय भन्दा पनि कम रहेको छ ।जाँतो,सिलौटा बनाएर बिक्री गर्ने सिलसिलामा आफुहरुलाई  वर्षभरिनै स-परिवार जन्मथलो  छाडेर एक ठाउँबाट अर्को ठाउँमा घुमन्ते जिविन जिउनु पर्ने बाध्यता रहेको उनीहरुले दुखेको पोखे ।

Posted by खवर सर्लाही at 9:29 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Thursday, February 25, 2021

धनकौलमा आगलागीबाट लाखौंको क्षति

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १३

       सर्लाहीको धनकौल गाउँपालिका-५ छठियाघाटमा बुधबार  राती एक घरमा आगलागी हुँदा करिब १२ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

     स्थानीय विलास महतोको काठको दुईतल्ले घरमा  बुधबार राति साढे ८ बजे तिर अचानक खाना पकाउने ग्याँसको सिलिन्डर लिक भएर आगलागी हुँदा काठको  दुइतल्ले कच्ची घरसमेत गरि घर भित्र रहेका अन्नपात,लत्ताकपडा ,विभिन्न इलेक्ट्रोनिकका सामान ,काठका सामान र नगद रु ३ लाख गरि ११ लाख ६३ हजार ७ सय रुपैयाको क्षति  भएको पिडितलाई उद्रित गर्दै जिप्रका सर्लाहीले जनाएको छ ।

    आगलागी सुरु भएको खवर पाएपछि हरकठवाबाट इलाका प्रहरी र सशस्त्र प्रहरीबाट गएका सुरक्षाकर्मीको टोली दमकलको सहयोगमा स्थानीयबासीहरु सँग मिलेर राति पौने ११ बजे आगलागी नियन्त्रणमा लिएका थिए ।आगलागीबाट कुनै किसिमको मानवीय तथा पशु चौपायालाई क्षति नभएको जिप्रकाले जनाएको छ ।




Posted by खवर सर्लाही at 11:30 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

ब्रह्मपुरीमा मोटरसाइकल दुर्घटना ,एक भारतीय सहित २ जना घाइते

 

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन १३

     मंगलबार  राती सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदाँ साइकल यात्री घाइते भएका छन । 

     राती साढे ७ बजेको समयमा वडा न-५ स्थित भित्री सडक खण्डमा BR30 S 8665 नम्बरको मोटरसाइकलले  साइकल यात्री भारतको सितामढी जिल्ला ग्राम पञ्चायत दलकावा-५ बस्ने ३० वर्षीय अजय पासवान लाई ठक्कर दिएको हो ।सोही दुर्घटनामा मोटरसाइकल चालक ब्रह्मपुरी-५ बस्ने रामएकवाल दासका १८ वर्षीय छोरा संजय दास समेत घाइते भएको र दुवैजनाको  जिल्ला अस्पताल मलंगवामा उपचार  भइरहेको प्रहरीले जनाएको छ।

  मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


Posted by खवर सर्लाही at 11:23 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

सर्लाहीको पश्चिमी क्षेत्रमा बालबिवाह बिरुद्ध सडक नाटक सम्पन्न

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १३

 सर्लाहीको सर्लाहीको पश्चिम क्षेत्र अन्तर्गतकाब विभिन्न स्थानमा बालबिवाह बिरुद्ध  जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ ।

        सभे द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्दन केन्द्र मलंगवाको आयोजनामा गोडैता नगरपालिकामा संचालित समुन्नती कार्यक्रम अन्तर्गत समाजमा विधमान बालविवाह तथा  दाइजो  सम्बन्धि कुप्रथा र त्यसबाट समाजमा परिरहेको असरको बारेमा अभिनयको माध्यमबाट  जानकारी गराउने उदेश्यले आयोजना गरिएको जनचेतनामूलक सडक नाटक गोडैता नपाको वडा १ बहादुरपुर, २ बेलवा, ३ सिमरा भगवतीपुरको मठ टोल, ४ रोहुवाको मुसलिम टोल, ५ रामबनको मुसलिम टोल, ६ बगदह, ७ पासवान टोल, ८ मुसलिम टोल, ९ बकैनिया, १० सिसौटियाको पासवान टोल, ११ मधोपुर र १२ मधुबनीमा मञ्चन गरिएको आयोजक संस्थाले जनाएको  छ ।

    समाजमा भईरहेको बालबिवाहबाट उत्पन्न हुने बिभिन्न स्वास्थ्य ,शिक्षा तथा सामाजिक समस्या र त्यसको निराकरणको बारेमा नाटक मार्फत संदेश दिन खोजिएको थियो ।


Posted by खवर सर्लाही at 11:19 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

सांसद साहद्वारा लघुवामा मन्दिर तथा प्रतिक्षालयको शिलान्यास


लोकतन्त्र समाचारदाता--

सर्लाही ,फाल्गुन १३

    सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-१ किसननपुरको लघुवाटोलमा नागबाबा मन्दिर तथा प्रतिक्षालयको शिलान्यास गरिएको छ ।

    संघीय सांसद प्रमोद साहले एक कार्यक्रमका बिच आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने चन्द्रनगर गापा वडा न-१ किशनपुरको लघुवा टोलमा रहेको प्रशिद्घ नागबाबा मन्दिर र मन्दिरसँगै प्रतिक्षालयको शिलान्यास गर्नुभएको हो। 

    १५ लाख रुपैयाको लागतमा निर्माण गर्न लागिएको मन्दिर तथा प्रतिक्षालयको शिलान्यास कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा गापा अध्यक्ष महेन्द्र महतो, जसपा नेपालका नेता योगनारायण चौधरी,जसपा क्षेत्रीय अध्यक्ष राम नरेश साह,वडा न- १ का वडाध्यक्ष बच्चेलाल राय ,वड न ५ का वडाध्यक्ष  नन्दलाल राय,इश्वरपुर -११ वडाध्यक्ष  राम दुलार साह, स्थानीय नेता किशोरी यादव,  खेमराज यादव,हरीकिशुन महतो,सत्यनारायण यादव, नन्दकिशोर लगायत स्थानीयबासीहरुको  उपस्थिति रहेको थियो । संघीय सांसद प्रमोद साहले आफनो सांसदिय काेषबाट मन्दिर तथा प्रतिक्षालयको शिलान्यासले लघुवावासी खुशी भएको श्री नागमणी युवा क्लब लघुवाले जनाएको छ ।

Posted by खवर सर्लाही at 11:15 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

बजाजले ल्यायो १० उत्कृष्ट फिचर्स सहितको Bajaj RE BS6 तिनपाङ्ग्रे /लालबन्दीको रितिक इन्टरप्राइजेज सिहित नेपालभर बिक्री सुरु

 



मनोज यादव---

सर्लाही ,फाल्गुन १३

 बजाजले आज(बिहिवार )बाट नयाँ मोडेलको तीन पाँग्रे अटो बजारमा ल्याएको छ।बजाजका लागि बजाज अटो लिमिटेड भारतकोलागि आधिकारिक गोल्छा ग्रुप अन्तर्गतको हँसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ तीनपाङ्ग्रे अटो बजाज RE BS 6 बजारमा ल्याएको हो ।

 सर्लाहीको लालबन्दी नगरपालिका वडा न-९ बस्तिपुरमा रहेको  बजाजको आधिकारिक बिक्रेता रितिक इन्टरप्राइजेजले एक कार्यक्रमका बिच नयाँ मोडेलको Bajaj RE 250  BS 6 FT अटो  आज(बिहिवार)बाट बिक्री सुरु गरेको छ। हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपाल अधिराज्यभरीका सबै डिलरहरु मार्फत यसको आज बिहिवारबाट एकैसाथ बिक्री सुरु गरेको रितिक इन्टरप्राइजेजका शाखा प्रवन्धक समीर सापकोटाले जनाएको छ ।

       लालबन्दी नगरपालिका वडा न-९ का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेले उद्घाटन गर्नुभएको कार्यक्रममा उपस्थित भएका लालबन्दी र हरिवनमा रहेका विभिन्न बैंक तथा वित्तिय  संस्थाका प्रमुख तथा प्रतिनिधि, बजाजका पुर्व तथा नियमित ग्राहकहरुको साथै पत्रकारहरुलाई  यसको विशेषताको बारेमा जानकारी गराउँदै शाखा प्रबन्धक सापकोटाले  यो अटो नेपालमै पहिलोपल्ट BS 6 इन्जिनमा Fuel injection(FI)प्रविधिमा आएको छ ।जसले यसमा उच्चतम पावर तथा तान-शक्ति दिनुका साथै माइलेज पनि बढी दिने जानकारी गराएको छ । यसमा दस उत्कृष्ट फिचर्सहरु समावेश गरिएका छन्  ।यसमा उत्कृष्ट फिनिसिंग सहितको  नयाँ स्टाईलको डायसबोर्ड,ठुलो  ऐना,नयाँ हुडको साथ पारर्दशी झ्याल,उज्यालो प्यासेन्जर बस्ने ठाउँ, अझ धेरै पावर र उत्कृष्ट माइलेज भएको 236 सि.सि को एफ.आई इन्जिन ,इन्जिनको लागि पर्याप्त हावा छिर्ने नयाँ स्टाईलको इन्जिन कभर,प्यासेन्जरको सुविधाको लागि साइड ढोका,सजिलै ह्यान्ड स्टार्ट गर्न सकिने नयाँ र सुधारिएको ह्यान्ड स्टार्ट ,चालकलाई राति चलाउन सजिलो हुनका लागि स्पष्ट देखिने हेड लाइट ,mp3 र रेडियो सहितको म्युजिक सिस्टम तथा नयाँ डिजाइन र नयाँ बडी फिनिसिंगको रहेका छन् ।ARAI इन्डियाको टेस्ट अनुसार यो नयाँ RE ले ३० किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्ने कार्यक्रममा जानकारी गराइएको छ ।

      बजाज अटोको नेपालभरिका डिलरहरुमा उपलब्ध यो नयाँ RE मा फाइनान्स र एक्सचेञ्ज सुविधा पनि रहेको र यसको बजार मूल्य 5  लाख 64 हजार 900 रुपैया  कायम गरिएको बताइएको छ । 



Posted by खवर सर्लाही at 6:11 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Wednesday, February 24, 2021

स्थानीय किसानले उखु नदिएपछि भारतबाट ल्याएर क्रसिङ गर्दै सर्लाहीका चिनी उद्योग

 




लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १२

     नेपाली किसानले उखु नदिएपछि सर्लाहीको दक्षिणी सिमावर्ती क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैता भारतबाट उखु मगाएर क्रसिंङ गरिरहेको छ ।उद्योगले आफ्ना दलालहरु मार्फत तुरुन्त पैसा तिरेर अवैध किसिमले भारतबाट उखु ल्याएर क्रसिंङ गरेको तर आफुहरुको उखुको भुक्तानी गर्न कुनै चासो नदेखाएको स्थानीय किसानहरुले गुनासो गरेका छन् ।

      नेपाली किसानको भुक्तानी नदिने तर भारतबाट आयात गर्ने त्यस्ता उद्योग र उद्योगीहरुलाई कार्यबाही गरिनुपर्ने आवाज उठ्न थालेको छ ।तर उता उद्योगका प्रशासकीय प्रबन्धक विरेन्द्र कुमार श्रीवास्तवको अर्कै भनाइ छ ।उनले अब उखु किसानको भुक्तानी नियमित बनाउने बताएका छन् ।उनले नेपाली उखु कम भएपछि भारतबाट ल्याएर उद्योग संचालन गरेको बताका छन् ।

  भारतीय उखु नेपाली उखुको भन्दा सस्तो मुल्यमा पाइने भएकोले उद्योगले स्थानीय किसानले उत्पादन गरेको उखु प्रति बेवास्ता गरेको गोडैताका एक उखु किसानको भनाइ छ ।उद्योगले जतासुकैबाट उखु ल्याए पनि पहिलो प्राथमिकता स्थानीय किसानलाई दिनुपर्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।

Posted by खवर सर्लाही at 8:00 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

लोकमार्गमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्कियो / चालकद्वय घाईते

 


लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १२

     सर्लाहीको लालबन्दी  नगरपालिका वडा न-९ मा मंगलबार राति दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भएका छन् ।

    पुर्व पश्चिम लोकमार्ग अन्तर्गत लालबन्दी  नपा-९ क्याम्पस चौक अगाडि पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १० प ९६१९  नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्र न.२-०३-०१०प ६७९१ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।उक्त दुर्घटनामा परि  प्र न.२-०३-०१०प ६७९१ नम्बरको मोटरसाईकल  चालक लालबन्दी नगरपालिका वडा न–९ बस्ने ३४ वर्षिय रुपेश चौधरी र  ग १० प ९६१९  नम्बरको मोटरसाइकलका चालक हरिपुर नगरपालिका वडा न-१ बस्ने २३ वर्षीय बिजय मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटि गएको  टोली   दुर्घटनामा घाइते दुवैजनालाई उपचारको लागि टेक्सास अस्पतालमा पुर्याइ दुवै सवारीसाधन नियन्त्रणमा लिएका छन् । घाइते मध्ये चौधरीलाई थप उपचारको लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।


     



Posted by खवर सर्लाही at 7:54 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

सर्लाहीमा सहायक सिडियोको रुपमा भुमिश्वर पोखरेल आए



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन १२

      दुइवर्ष अघिदेखि सहायक प्रमुख जिल्ला अधिकारी विहिन रहेको जिप्रकामा नयाँ सहायक सिडियोको रुपमा भमिश्वर पोखेरेल आउनुभएको छ । 


      झण्डै अढाइ वर्षदेखि खाली रहेको उक्त स्थानमा गृह मन्त्रालयले उप–सचिव पोखरेललाई  सहायक सीडीओको रुपमा पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    पोखरेल आउनु अघि कार्यालयको सम्पूर्ण कामको भार प्रमुख जिल्ला अधिकारीमाथि पर्दै आएका कारण सेवाग्राहीको काममा केही ढिलाइ हुँदै आएको थियो ।साथै प्रजिअ बिदामा बसेको  बेला जिल्लाको सुरक्षा नेतृत्व प्रशासकीय अधिकृतको भरमा रहने गरेको थियो । 

     सहायक सिडियो हाजिर भएपछि प्रजिअलाई ५० प्रतिसत भार कम भएको छ ।सेवाग्राहीको काम अब छिटोछरितो हुने जिप्रका श्रोतले बताएको छ ।



Posted by खवर सर्लाही at 7:50 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

संसद पुनर्स्थापना गर्ने सर्बोच्चको फैसला स्वागतयोग्य :प्रदेश मामिला समिति सभापति अशाेक यादव

  



मनोज यादव----

सर्लाही ,फाल्गुन १२

      संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताउँदै अदालतले संविधानको रक्षा गरेको प्रदेश न-२ का सांसद तथा प्रदेश मामिलाका सभापति अशोक यादवले बताएका छन् । ऐतिहासिक फैसलाले संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई सर्वोच्चले थप उच्च बनाएको उहाँले बताउनुभएको छ ।

    सम्पूर्ण नेपाली जनतालाई बधाई दिंदै उहाँले  संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताउनुभएको  छ । 

    उहाँले सामाजिक संजाल  फेसबुक मार्फत ‘अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’उल्लेख गर्नुभएको छ ।



Posted by खवर सर्लाही at 7:42 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

संसद पुर्नस्थापना गर्ने सर्बोच्च अदालतको फैसला ऐतिहासिक रहेको सर्लाहीका नेताहरुको प्रतिक्रिया



मनोज यादव----

सर्लाही ,फाल्गुन १२

     संसद पुर्नस्थापना गर्ने सर्बोच्च अदालतको फैसलापछि  विभिन्न दलसँग आबद्ध सर्लाहीका  नेताहरुले जनताको पक्षमा फैसला गरेको र यसबाट अदालतको गरिमा बढेको प्रतिक्रिया दिएका छन । रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले आज(बुधबार) सदरमुकाम मलंगवामा आयोजन गरेको साक्षात्कार कार्यक्रममा नेताहरुले यस्तो प्रतिक्रिया दिएको हो ।

       नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका नेता जितेन्द्र कुशवाहाले  सर्वोच्च अदालतको संसद पुनर्स्थापना  फैसलाबाट सम्पूर्ण नेपाली जनताको जित भएको बताएका छन् । उनले सम्मानित अदालतको फैसलाबाट तिल्मिल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी कुनै षड्यन्त्र रच्न खोजेमा त्यसको सामना गर्न नेपाली जनता तयार रहेको बताए । साथै उनले प्रधानमन्त्री ओली र राष्ट्रपति बिधादेवी भण्डारीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने पनि बताएका छन् ।अढाइ सय वर्ष देशमा राज गर्दै आएका राजाले जसरी राजगद्दी छाडेर सम्मान पाइराख्नु भएको छ ,त्यसरीनै प्रधानमन्त्री  र राष्ट्रपतिले पनि स्वेच्छाले राजिनामा दिएमा उहाँहरुले पनि राजाको जस्तै सम्मान पाउने कुशवाहाले बताए ।उनले ओलीलाई बालकोट स्थित आफ्नो निवासमा बसेर आराम गर्न समेत सुझाव दिएका छन् ।

    यस्तै कार्यक्रममा सहभागी अर्का जनता समाजवादी पार्टीका नेता विरेन्द्र कुमार रायले संसद पुनर्स्थापनाबाट देशको  राजनितीक अवस्था सेटल भएको बताउनुभयो ।अब सहमतिय सरकारको आवश्यक्ता रहेको उहाँले धारणा राख्नुभयो ।संविधानबाट उपेक्षित गरिएका समुदायको भावनालाई समेटेर संविधान संसोधिन हुनुपर्ने उहाँले बताउनुभयो ।

     सम्मानित अदालतले गरेको फैसला स्वागतयोग्य रहेको नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकले बताउनुभयो ।यो फैसलाले संविधानको सर्वोच्चता र कानुनी राजनितीको अवधारणालाई स्थापित गरेको र विधीको शासन नेपालमा छ भन्ने स्थापित गरेकोले  अदालतको यो फैसला  ऐतिहासिक रहेको नेपाली काँग्रेसको ठहर रहेको उहाँले बताउनुभयो ।दुई तिहाइको सरकारको विगत तीनवर्षे कार्यकालमा उब्जाएका समस्याहरुलाई संसदमा सबै राजनितीक दलहरुले शाझा समस्याको रुपमा पहिचान गरेर विगतका कमिकमजोरीहरुलाई औंल्याउँदै यसको समाधान गर्ने अविभारा सम्पूर्ण राजनीतिक दलको काँधमा आएको  मल्लिकले बताउनुभयो ।

   मलंगवा-१० स्थित रिपोर्टस क्लब सर्लाही शाखाको साक्षात्कार कक्षमा आयोजना भएको कार्यक्रम क्लबका सचिव राजिव साहको अध्यक्षतामा सम्पन्न भएको हो ।



Posted by खवर सर्लाही at 7:35 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनु हुन्न : प्रेस सल्लाहकार थापा

 



काठमाडौँ ,फाल्गुन १२/ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताउनु भएको छ । आफ्नो  सामाजिक सञ्‍जाल फेसबुकमामा स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताउनु भएको हो ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ ,सल्लाहकार थापाले लेख्नुभएको छ, तत्काल राजीनामा दिनुहुने छैन । त्यस्तै थापाले संसद् पुनः स्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएको उल्लेख पनि गर्नभएको छ । सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्‍नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छु थापाले लेख्नुभएको छ, यसका  दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।

ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि उक्त निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको थियो । बदरसँगै विभिन्‍न दलका नेताहरूले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका थिए ।  (योहो खबर)

Posted by खवर सर्लाही at 9:20 AM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Tuesday, February 23, 2021

आफैले चलाएको ट्याक्टरको स्टेरिङमा च्यापिएर सर्लाहीमा एकजना चालकको मृत्यु




मनोज यादव---

सर्लाही ,फाल्गुन ११

    सर्लाहीको बलरामा ट्याक्टरको  स्टेरिङमा च्यापिएर आज(मंगलबार)एकजना ट्याक्टर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको गढीमाई नगरपालिका वडा न- ८ बिनगराटोल बस्ने वर्ष १८ का अवधेश पटेल रहेका छन् ।

     चालक पटेलको आज बिहान साढे ८ बजे बलरा नगरपालिका-५ फुलबरिया स्थित बैजुनाथ सुगर मिलको धर्म काँटामा आफैले चलाएको ना २ त ६९३४ नम्बरको ट्याक्टरको स्टेरिङमा च्यापिएर घटना स्थलमै मृत्यु भएको   प्रहरीले जनाएको छ ।

   शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको  सर्लाही प्रहरीका  प्रवक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिएको छ ।



Posted by खवर सर्लाही at 8:31 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

चालु सिजनमा १५ करोड भन्दा बढीको टमाटर उत्पादन गरे सर्लाहीका किसान




लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन ११

       सर्लाहीका किसानहरुले चालु सिजनको तीन महिनामा १५ करोड रुपैंया भन्दा बढीको टमाटर  उत्पादन गरेका छन्।
टमाटर प्याकिङ गर्दै किसान 

   टमाटर (गोलभेडा)उत्पादनका लागि देशमै प्रख्यात र पकेट क्षेत्रको रुपमा रहेको लालबन्दी लगायत आसपासका क्षेत्रका किसानहरुले गत मंसिरदेखि माघसम्ममा १५  करोड रुपैंया भन्दा बढीको टमाटर उत्पादन गरेर  देशका विभिन्न ठुलासाना  शहरहरुमा निकासी गरेको जनाइएको छ ।लालबन्दी बजारबाट मात्रै तीन महिनामा ११ करोड २८ लाख ४४ हजार ५ सय रुपैयाको टमाटर  निकासी भएको कृषि उपज बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको  छ । जिल्लाको लालबन्दीसहित नवलपुर, सासापुर, हरिवन,  लगायत बजारबाट मुलुकका विभिन्न शहरहरुमा निर्यात हुने गरेको छ ।

     समितिका अनुसार व्यापारीहरुले लालबन्दी बजारबाट  मंसिरमा १ करोड ८२ लाख ९६ हजार २५० रुपैया, पुस महिनामा ३ करोड २४ लाख ९२ हजार २५० रुपैया  र  माघ महिनामा  ६ करोड २० लाख ५६ हजार रुपैया  बराबरको टमाटर  किसानहरुसँग खरिद गरेर  निकासी गरेका छन् । 

      जाडोमा उत्पादन कम हुने भएकोले मंसिर महिनामा बढी र फागुनदेखि गर्मी अत्याधिक बढ्दै गएपछि टमाटरको उत्पादन बढ्ने भएकाले  मूल्य अत्यन्त कम पाउने गरेका छन् ।

      जिल्ला कृषि विकास कार्यालय सर्लाहीका अनुसार जिल्लाको उत्तरी क्षेत्र स्थित ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र बागमती नगरपालिका क्षेत्रका २ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा टमाटर खेती हुने गरेको छ ।


Posted by खवर सर्लाही at 7:49 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

संसद पुनर्थापना , संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चको परमादेश



twitter sharing button Tweet
pinterest sharing button Pin
whatsapp sharing button Share
messenger sharing button Share

काठामाडौं : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदम बदर गर्दै संसद पुनर्थापना गरेको छ ।


मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फैसला सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश समेत गरेको हो।

योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको ५ पुस गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए।

सर्वोच्च अदालतले १० पुसपछि संवैधानिक इजलासमा निरन्तर सुनुवाइको आदेश दिएको थियो। फागुन ७ मा पक्ष र विपक्षको बहस सकिएको थियो।

Posted by खवर सर्लाही at 7:34 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

कोभिड सिल्ड खोप लगाउन सर्लाहीका जनप्रतिनिधिहरुमा उत्साह देखिएन/जम्मा ११ जनाले खोप लगाए

 



मनोज यादव----

सर्लाही ,फाल्गुन ११

    सर्लाहीमा अति जोखिममा रहेकाहरुलाई प्राथमिकतामा राखेर  कोरोना भाइरस विरुद्धको कोभि शिल्ड खोप पठाएपनि खोप लगाउनेहरु कमै  देखिएका छन् ।खोप नलगाउनेमा पहिलो नम्बरमा निर्वाचित जनप्रतिनिधिहरु परेका छन् । सर्लाहीमा जम्मा ११ जना स्थानीय तहका जनप्रतिनिधिहरुले मात्र खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनमानसमा कोरोना खोप बारे फैलाइएका अनेक भ्रमका कारण प्राथमिकतामा परेकाहरुले नै खोप नलाएको पाइएको छ ।

     जिल्ला जन स्वास्थ्य कार्यालय मलंगवाका अनुसार पहिलो र दोस्रो चरण गरि फाल्गुन १० गते सोमबार सम्म सर्लाहीमा जम्मा ६ हजार ८२ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । पहिलो अभियानमा २ हजार ९ सय ७६ र दोस्रो अभियानमा ३ हजार १०६ जनाले खोप लगाएका हुन् ।लक्ष्य अनुसार खोप नलगाइएकाले  गएको शनिवारदेखि पुनः सोमवारसम्मका लागि खोप लगाउने अवधि थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। ।समय थपिएपछि  अरु दिनको तुलनामा सोमवार अर्थात     अन्तिम दिन  खोप केन्द्रहरुमा केही  भिड देखिएको थियो । 

    सर्लाहीमा  जिल्ला अस्पताल मलंगवासँगै लालबन्दी, हरिपुर, बरहथवा, जमुनिया र अचलगढमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट खोप लगाउने काम भइरहेको जन स्वास्थ्य कार्याय मलंगवाका प्रमुख श्रवणकुमार नायकले जानकारी दिए । आउँदो फागुन २३ गतेदेखि ५५ वर्ष भन्दा माथि उमेर समुहका नागरिकहरुलाई खोप लगाउने कामको तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो । 

    प्राथमिकताको सूचीमा रहेका स्थानीय तहका जनप्रतिनिधिहरु सबैभन्दा कम कम खोप लगाएका छन् ।जबकी उनीहरुनै जनताको प्रत्यक्ष सम्पर्कमा रहने गरेका छन् ।  

   समाजमा फैलाइएका विभिन्नखाले हल्लाका कारण  खोप लगाउन चाहने ब्यक्तिहरु पनि खोप लगाउन डराउने गरेकाले लक्षित क्षेत्रका व्यक्तिहरु खोप लगाउन नआएको उहाँको भनाइ छ  । यो खोप सुरक्षित रहेकोले सरकारले निःशुल्क चलाइरहेको खोप अभियानमा सहभागी भईदिन उहाँले सबैसँग आग्रह गर्नु भएको छ । 

    खोप लगाएपछि केही ब्यक्ति बाहेक अधिकांशलाई कुनै प्रकारको साइड इफेक्ट नदेखिएको पनि उहाँले प्रष्ट पार्नुभएको छ ।


Posted by खवर सर्लाही at 7:19 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Monday, February 22, 2021

भाँडसरमा क्रिकेट टुर्नामेन्ट सुरू




लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १० 

      जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका-५ भाँडसरमा टि-ट्वाइन्टी क्रिकेट  प्रतियोगिता सुरु भएको छ।

     मिकरानी क्रिकेट टुर्नामेन्टले आयोजना गरेको सो प्रतियोगिताको प्रतिनिधिसभाका निवर्तमान सांसद प्रमोद साहले उद्घाटन गर्नुभएको छ । १० दिन सम्म चल्ने उक्त टुर्नामेन्टको प्रमुख अतिथि समेत  रहनु भएका साहले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । 

    क्लवका अध्यक्ष  मो .इर्साद मिकरानीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा खेलाडीहरु, लगायत जसपाका स्थानीय नेता मो. मेराज मिकरानी, मो.जुल्फुकार मिकरानी,  राम नगिना यादव,  राम प्रवेश साह,  श्रवण कुमार साह, सोनेलाल यादव, नेकपाको नेता मो.चाँद मिकरानी, शस्त्रप्रहरी बल भाडसरका इन्चार्ज  रविण खडका, नेपाल प्रहरी इन्चार्ज तथा ठुलो संख्यामा  खेलप्रेमी स्थानीयबासीहरुको  उपस्थिति रहेको थियो  ।

    क्लबले उक्त टुर्नामेन्ट प्रत्येक वर्ष आयोजना गर्ने गरेको अध्यक्ष मिकरानीले बताए ।


Posted by खवर सर्लाही at 9:14 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

सर्लाहीमा आयोजित अखिल नेपाल महिला संघको विरोध सभामा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्री नचाहिने भन्दै आवाज उठ्यो

 


लोकतन्त्र समाचारदाता ----

सर्लाही ,फाल्गुन ९

     प्रधानमन्त्री केपी ओलीले चालेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम तथा महिला हत्या ,हिंसा र बलात्कारको विरुद्धमा आइतवार अखिल नेपाल महिला संघ सर्लाहीले सदरमुकाम मलंगवामा जुलुससहित विरोध प्रदर्शन गरेको छ। 

      दिउँसो  मलंगवाको नगरपालिका चौकबाट सयौंको संख्यामा महिलाहरुको सहभागीतामा निकालिएको जलुसमा प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम ,भगिरथी भट्ट लगायतलाई बलात्कार गरि हत्या गर्ने अपराधीलाई कारबाही ,तेल,ग्याँस लगायत उपभोग्य बस्तुमा भएको चर्को मुल्य वृद्धि नियन्त्रण ,महिला-पुरुष बीच समानता ,भ्रष्टाचारको अन्त्य गरि सुशासन ल्याउने लगायतका मागहरु राखेर नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय नजिक सहिद पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    कोणसभालाई अनेमसंघका सदस्य लगायत संविधान सभा सदस्य ,प्रदेश सभाका महिला सदस्य ,विभिन्न स्थानीयतहका उपप्रमुखहरुले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै महिला नेतृहरूले देशमा शृङ्खलाबद्ध रूपमा भइरहेका महिलामाथिको हिंसा, बलात्कार र हत्याका विरुद्धमा सङ्घर्षमा जुट्न अपिल गरे। सरकार महिला हिंसाका घटनाप्रति संवेदनशील बन्न नसकेको भन्दै उनीहरूले बलात्कारी र हत्यारामाथि कडा कारबाही गर्न माग गरे ।

  सम्बोधनको क्रममा महिला नेतृहरुले प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार  संविधानले कसैलाई नदिएको  भएपनि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर  देशमा राजनिती संकट ल्याएर सिंगो मुलुकलाई  अराजकता तर्फ धकेलेको आरोप लगाउँदै त्यस्ता राष्ट्रपति र प्रधानमन्त्री  आफुहरुलाई नचाहिने भन्दै जोडदार आवाज उठाएका थिए ।




Posted by खवर सर्लाही at 1:25 AM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Saturday, February 20, 2021

सिमानाका खोलाइदिन आग्रह गर्दै दुवै देशका समाजसेवी सितामढीका सांसद मार्फत भारतीय प्रधानमन्त्रीलाई घनुरोध पत्र पठाए

 



मनोज यादव---

सर्लाही ,फाल्गुन ८

    कोरोना संक्रमणलाई लिएर झण्डै ११ महिनादेखि बन्द रहेको  नेपाल-भारत सीमानाका खोलाइ दिन आग्रह गर्दै दुवै देशको  सिमावर्ती क्षेत्रका समाजसेवी तथा बुद्धिजीवीहरु भारतको विहार राज्य अन्तर्गत सितामढी जिल्लाका सांसद सुनिल कुमार पिन्टु मार्फत भारतका प्रधानमन्त्रीलाई अनुरोध पत्र पठाएका छन् ।


     अनुरोध पत्रमा सिमानाका बन्द रहेका कारण दुवै देशका सिमावर्ती क्षेत्रका नागरिकहरु बिच चल्दै आएको वैवाहिक सम्बन्ध ,विभिन्न पारम्परिक संस्कार ,स्वास्थ्य उपचार ,पर्यटन,ब्यापार व्यवसाय लगायतका अति आवश्यक कामहरु प्रभावित  भई झेल्नुपरेको समस्याको बारेमा  उल्लेख गरिएको छ । सोही समस्याहरु उल्लेख गरि नेपालको तर्फबाट नेपाल भारत मैत्री संघ सर्लाहीका रामदेव ठाकुर ,नेपाल भारत भातृ मञ्च सर्लाहीका उपाध्यक्ष एवं नागरिक समाजका सह-अध्यक्ष उग्रकान्त झा,सिविल सोसाइटी सर्लाहीका महासचिव शिवचन्द्र चौधरी,नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य गजेन्द्र गुप्ता र सिविल सोसाइटीका सदस्य एवं राष्ट्रिय कृषि अनुसंधान परिषदका पुर्व काउन्सलर कौशल किशोर सिंह तथा भारतको तर्फबाट नेपाल भारत सिमा सहजीकरण समन्वय समितिका संयोजक एव राष्ट्रपतिद्वारा पुरस्कृत शिक्षक हरिनारायण राय,सोनवर्षा पंचायतका पुर् मुखिया कमलदेव महतो,सोनवर्षाका पुर्व जिल्ला पार्षद  विजय कुमार ,अती पिछडा प्रकोष्ठ सोनवर्षा प्रखण्ड अध्यक्ष गोपी ठाकुर ,राष्ट्रपतिद्वारा पुरस्कृत पुर्व प्राधानाध्यापक रामज्ञान यादव र रजवाडा (पुर्वी)का पुर्व मुखिया अनिल ठाकुर सम्मलित टोली सितामढी स्थित सांसद पिन्टुको निवासमा पुगेर अनुरोध पत्र बुझाएका हुन ।

    अनुरोध पत्र लिएर गएका टोलीका सदस्यहरु सितामढी जिल्लाका अती विशिष्ट ब्यक्तिहरु सँग पनि भेट गरि समस्याको बारेमा अवगत गराई अतिसिघ्र सिमानाका खोलाउन पहल गरिदिन आग्रह गरेका थिए ।

     बिहारका मुख्यमन्त्री नीतीश कुमार , प्रदेश-२ का मुख्यमन्त्री  लालबाबू राउत गद्दी तथा प्रमुख जिल्लाधिकारीहरु लाई पनि अनुरोध पत्रको प्रतिलिपी  बोधार्थको रुपमा पठाएको भारत मैत्री संघका केन्द्रीय सदस्य  गुप्ताले बताएको छ ।

    अनुरोध पत्र बुझाउँदै दुवैदेशका नागरिकहरुले भोग्दै आएका समस्याहरुलाई गम्भीरतापुर्वक लिएर राष्ट्र स्तरमा विचार विमर्श गरि दुई देश बिचको बेटीरोटीको सम्बन्धलाई कायम राख्न अतिसिघ्र सिमानाका पहिलाको जस्तै खोलाउन पहल गरिदिन टोलीका सदस्यहरुले आग्रह गरेका छन् ।

Posted by खवर सर्लाही at 2:00 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

कृषि ज्ञान केन्द्रको बजेट सार्वजनिक गरियो



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन ८

     कृषि ज्ञान केन्द्र सर्लाहीले  एक कार्यक्रमका बिच आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट सार्वजनिक गरेको छ ।

    केन्द्रले आफ्नो  वार्षिक कार्यक्रम अनुसार शुक्रबार सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा  स्थानीय तह समन्वय अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बजेट सार्वजनिक गरेको हो ।

    केन्द्रका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहाको अध्यक्षता तथा जिसस सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रम मार्फत केन्द्र द्वारा आ.व ०७७/०७८ मा संचालन हुने कार्यक्रम र त्यसका लागि छुट्टयाइएको बजेटको बारेमा विभिन्न स्थानीय तहबाट आमन्त्रित गरिएका  सम्बन्धित क्षेत्रका पदाधिकारी तथा सरोकारवालाहरुलाई जानकारी गराएको ज्ञान केन्द्रले जनाएको छ ।

    केन्द्रले बल्क विकास कार्यक्रम अन्तर्गत संचालन हुने क्षमता विकास ,प्रविधि तथा प्राविधिक सहयोग ,उत्पादन सामाग्री सहयोग,कृषि औजार उपकरण सहयोग ,पोष्ट हार्भेष्ट सेन्टरको स्थापना,नर्सरी पूर्वाधार विकास सहयोग ,साना सिंचाइ निर्माण तथा मर्मत सम्भार सहयोग लगायतका  विभिन्न क्रियाकलापहरुको बारेमा पनि जानकारी गराएका थिए ।

Posted by खवर सर्लाही at 1:54 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Friday, February 19, 2021

नवनियुक्त प्रदेश प्रमुख राजेश झा अहिराजले लिए सपथ




काठमाडौँ –  प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शुक्रबार साँझ शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख झालाई पद तथा गोपनियताको शपथग्रहण गराएकी हुन् ।


शपथग्रहणसमारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए भने उपपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने अनुपस्थित थिए ।

शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ प्रमुख परियारलाई हटाएर नयाँ प्रदेश प्रमुखमा झालाई नियुक्त गरेकी हुन् । 


Posted by खवर सर्लाही at 8:57 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

अपाङ्गता भएका किशोर किशोरीहरुलाई सहायक सामग्री वितरण





राधेश्याम कुशवाहा----

सर्लाही ,फाल्गुन ७

   सर्लाहीको कौडेना गाउँपालिकामा ५ जना शारिरिक अपाङ्गता भएका किशोर किशोरीहरुलाई सहायक सामग्री वितरण गरिएको छ । भिएसओ नेपाल, एच.आई. र प्रेरणाको साझेदारीमा संचालित  किशोरी सशक्तिकरणको लागी शिक्षा कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको हो । 

 

    कौडेना गाउँपालिकामा १० देखी १९ बर्ष उमेर समूहका ४२ जना अपाङ्गता भएका किशोर किशोरीहरु आवद्ध रहेका छन । जस मध्येबाट आवश्यक भएका ५ जनालाई छनौट गरि सहायता सामाग्री  वितरण गरिएको प्रेरणाका  कार्यक्रम संयोजक रामचन्द्र चौधरीले जानकारी दिए ।

कौडेना गापा-३ का रोशन कुमार राय र वडा न- ४ का ओम कुमार पासवानलाई ह्वील चेयर र गेटर ,वडा न-२ इनर्वाका मुनेन्द्र ठाकुरलाई वाकर रगेटर, भरत मुखियालाई फुट गेटर र वडा न-४ मोतिपुरकी  रीना साहलाई घाँटीमा लगाउने नेक बेल्ट सहयोग गरिएको चौधरीले जानकारी दिए । 

  सहयोग सामाग्री पाएका अपाङ्गता भएका किशोर किशोरीका अविभावकहरु आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै संस्थालाई धन्यवाद दिएका थिए ।

    ईन्गेज परियोजना मार्फत मंलगवा र कौडेनामा  विद्यालय बाहिर रहेका तथा अपाङ्गता भएका किशोर किशोरीहरुका लागी शिक्षा कार्यक्रम संचालन गदै आएको छ ।संस्थाले  बिद्यालय बाहिर रहेका ३८६ जना किशोरीहरुलाई यसै बर्ष बिद्यालय भर्ना गराउनुका साथै  २७० जनालाई जिविकोपार्जनका लागि विभिन्न शिप मुलक कार्यक्रम गर्दै  आएको चौधरीले बताए ।  २ जना सुनाई सम्बन्धी अपाङ्गता र १ जना दृष्टी सम्बन्धी अपाङ्गता भएकाहरुलाई समेत श्रोत कक्षामा भर्ना गराएको उनले जानकारी गराए ।

Posted by खवर सर्लाही at 7:39 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

भारत तर्फको सिमानाका खुल्ला भएका कारण लागुऔषध नियन्त्रणमा समस्या भइरहेको गृह मन्त्रालय लागुऔषध नियन्त्रण महाशाखाको ठहर

 


मनोज यादव---

सर्लाही ,फाल्गुन ७

      गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण शाखाले आज(शुक्रवार) सर्लाही जिल्लाको  सदरमुकाम मलंगवामा  लागुऔषध नियन्त्रण तथा अपराध न्युनिकरण सम्बन्धि  कार्यक्रमको आयोजना गरि लागुऔषध गाँजा खेती नष्ट ,उत्पादन ,प्रयोग,संचय र ओसारपसार नियन्त्रणको सम्बन्धमा नियमन निकाय र सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको छ । 

      भारत सँग जोडिएका अन्तराष्ट्रिय सीमा क्षेत्रमा अवस्थित जिल्लाहरुमा लुकी छिपी लागुऔषधको ओसारपसार बढी हुने भएकाले न्युनीकरण गर्न निकै समस्या भएकोले यसको नियन्त्रणका लागि  ठुलो प्रयासहरु भएपनि दुर्व्यसनीहरु छिमेकी(भारत) देशमा गई लागुऔषध प्रयोग गरेर आउने भएकाले लागुऔषध न्युनीकरण गर्ने कार्य चुनौतीपूर्ण रहेको सर्लाही प्रहरी प्रमुख एसपी संतोष सिंह राठौरले  बताउनु भयो ।  सर्लाही र सिन्धुली जिल्लाको सिमानामा पर्ने चुरे तथा विकट क्षेत्रको नारायणखोलामा व्यापक मात्रामा गाँजाको खेती हुने गरेको एसपी राठौरले बताउनुभयो ।प्राप्त सूचनाको  आधारमा प्रजिअको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पटकपटक गरि २१ बिगहा जग्गामा लगाइएका २ लाख भन्दा बढी गाँजाको बोट नष्ट गरिसकेको उहाँले जानकारी गराउनु भयो 

     नेपालमा लागुऔषध नपाइए पनि दुर्व्यसनमा लागेका युवायुवतीहरु भारतमै गएर प्रयोग गर्ने गरेको कार्यक्रममा सहभागीहरुको भनाई छ । कार्यक्रममा बोल्ने अरु बक्ताहरुले पनि लागुऔषधको न्युनिकरणमा सबै क्षेत्रको ध्यान जानु आवश्यक रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीको समन्वयमा आयोजना गरिएको  कार्यक्रममा मन्तव्य राख्ने क्रममा कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन ।

  मुख्यगरी बेरोजगार युवाहरु यस्ता दुर्व्यदनको  सिकार हुने गरेका छन् । साथीहरुको संगतले र अभिभावकको सन्तान प्रतिको निगरानीमा कमीका कारण पनि युवायुवतीहरु लागुऔषधको कुलतमा फस्ने गरेको गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण शाखाका शाखा अधिकृत एवं उपसचिव अर्जुन भण्डरीको भनाइ छ ।

    गृह मन्त्रालय लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख उपसचिव शालिग्राम शर्मा पौडेलको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, सुरक्षा निकायका प्रमुख,स्थानीय तहका प्रमुख ,औषधि व्यवसायी ,सरोकारवाला निकायका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रम मलंगवा स्थित जानकी फैमिली होटलको सभाहलमा सम्पन्न भएको थियो ।


 



Posted by खवर सर्लाही at 7:26 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Thursday, February 18, 2021

केपी अाेलीकाे निरंकुशतन्त्र र तानाशाही प्रतीगमनकाे बिराेधमा आन्दोलन गर्ने क्रममा सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मृत्यु संकास्पद रहेको नेकपा अध्यक्षद्वय तथा पुर्व प्रधानमन्त्री प्रचण्ड -नेपालको भनाई


  केपी अाेलीकाे निरंकुशतन्त्र र तानाशाही प्रतीगमनकाे बिराेधमा आन्दोलन गर्ने क्रममा सर्लाही इन्चार्ज  डाचाराज वाग्लेको मृत्यु संकास्पद रहेको नेकपा अध्यक्षद्वय तथा पुर्व प्रधानमन्त्री प्रचण्ड -नेपालको भनाई


मनोज यादव----

सर्लाही,फाल्गुन ६

      केपी ओलीको निरंकुशतन्त्र र तानाशाही प्रतिगमनको विरुद्धमा गत माघ २१ गते सर्लाहीको बरहथवा नगरपालिकामा नेकपाले आयोजना गरेको मसाल जुलुस सम्पन्न गरि बागमती  फर्किने क्रममा  नेपाल कम्युनिस्ट  पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको  मृत्यु शंकास्पद भएकाेले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने नेकपाका अध्यक्षद्वय एवं पुर्व प्रधानमन्त्री  पुष्प कमल दहाल प्रचण्ड र माधव कुमार नेपालले  माग गर्नु भएकाे छ । 

     सर्लाहीको  हरिपुर नगरपालिका-१ जानकीनगर स्थित हजारविगाहमा अाज नेकपाका सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड समूहका केन्द्रीय अध्यक्षद्वयले घटनाकाे तुरुन्त छानबिन गरि सत्यतथ्य सार्बजनिक गर्नुपर्ने जाेडदार माग गर्नु भएको छ । केपी अाेलीकाे निरंकुशतन्त्र र तानाशाही प्रतीगमनकाे विराेधमा आन्दोलन चलिरहेको समयमा  वाग्लेले ज्यानको अाहुती दिनु परेकाे बताउँदै  अब अझ सशक्त  रूपमा निरंकुशता बिरूद्वकाे याे अान्दोलनलाई अगाडि बढाउन सम्पूर्ण लाेकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनेपर्ने नेताद्वले आव्हान गर्नभयो ।  

    वाग्लेकी जिवन संगिनी सरस्वती मिश्र वाग्ले पार्टी एकिकरणमा दिवंगत नेता कमरेड डाचाराज वाग्लेले महत्त्वपूर्ण भूमिका खेल्नु भएको कुरालाई ओली नेतृत्व सरकारका गृहमन्त्री राम बहादुर थापा बादलले बिर्सेर उहाँले पार्टीको लागि खेल्नु भएको महत्त्वपूर्ण तथा अविश्मणनीय योगदानको अपमान गरेको आरोप लगाउनु भयो ।

    पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ ,पुर्व मन्त्री रामेश्वर राय यादव,जसपा का नेता एवं निवर्तमान सांसद महेन्द्र राय लगायतका नेताहरुले समेत श्रद्धाञ्जली सभालाई सम्बोधन गरेका थिए।

     श्रद्वाञ्जली सभाको आयोजना हुने दिनलाई मध्यनजर गर्दै सर्लाहीका हरिपुर , बरहथवा र बागमती नगरपालिकाले  तहले(आज) बिहीबार सार्वजनिक बिदा समेत दिएका छन। 

स्व. वाग्लेले जिल्लाका लागि पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको पालिकाका प्रमुखहरुले बताएका छन् ।

   हरिपुर नपा को जानकीनगर घर भएका वाग्ले गत माघ २१ गते राति बरहथवा नगरपालिका- ९ स्थित नयाँरोड-बरहथवा सडकखण्ड अन्तर्गत मूर्तिया जंगलमा रहस्यमय मोटरसाइकल  दुर्घटनामा मृत फेला परेका थिए ।उक्त दिन पार्टीले बरहथवामा आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरी मोटरसाइकलमा फर्कँदै गर्दा ९ बजे वाग्ले मृत अवस्थामा फेला परेका थिए ।वाग्लेको मृत्यु रहस्यमय भएको भन्दै नेकपाका नेताहरुले घटनाको निष्पक्ष  छानबिनको माग गर्दै आएका छन् ।

   सो अवसरमा स्व नेता वाग्लेका परिवारका सदस्यहरु सहित पुर्व मन्त्री , निवर्तमान सांसद ,प्रदेश सांसद ,पार्टीका केन्द्रीय कमिटी ,स्थायी कमिटी सदस्य ,स्थानीय तहका प्रमुख ,उपप्रमुख लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।





Posted by खवर सर्लाही at 6:59 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Wednesday, February 17, 2021

दुधमा मिसावट गरेर मानव स्वास्थ्य माथि खेलवाड गर्दै यहाँका दुध डेरी



मनोज यादव---

सर्लाही ,फाल्गुन ५

     बढी कमाइको लोभमा शहर बजारमा संचालित निजी दुध डेरीका संचालकहरु दुधमा हानिकारक रसायन तथा  पाउडर मिसाएर बिक्री गरेको पाइएको छ ।सदरमुकाम मलंगवा लगायत जिल्लाका विभिन्न शहर तथा स्थानीय बजारमा निजी लगानीमा संचालित  दुध डेरीवालाहरु दुध तथा दुधजन्य पदार्थमा मानव शरिरलाई प्रत्यक्ष हानि  नोक्सानी पुर्याउने सेन्थेतिक नामक पाउडर मिसाएर बिक्री वितरण गर्ने गरको पाइएको श्रोतले जनाएको छ ।

     थोरै लगानीमा धेरै आम्दानी गर्ने लोभमा  हानिकारक पाउडर मिसाएर शुद्ध दुधलाई स्लो प्वाइजन बनाएर खुलेआम रुपमा रुपमा बिक्री वितरण गरि  जनस्वास्थ्य माथि खेलवाडको साथै  आम उपभोक्ताहरुलाई ठगि गर्ने  त्यस्ता डेरी संचालकहरु माथि कडा कानुनी कार्यवाही गर्न स्थानीय प्रशासन तथा नियमन निकाय अगाडी आउनु पर्ने इन्सेक सर्लाहीका जिल्ला प्रतिनिधि बुधन साहले बताए ।सरोकारवाला र नियमन निकायको लापरबाही तथा बेवास्ताकै कारण नियमित बजारको अनुगमन नहुँदा दैनिक हजारौं उपभोक्ताहरु ठगिको सिकार बन्दै आइरहेका छन् ।

    डेरीवालाहरु सानासाना बालबालिका ,बिरामी र वृद्दवृद्धाहरुको लागि अती आवश्यक मानिएको  दुधको गुणस्तर घटाउने र हानिकारक रसायन मिसाएर बिक्री गर्ने गरेको पाइएपनि कार्यवाही गर्ने राज्यका निकायहरु मौन रहेकाले त्यसबाट आम उपभोक्ताको ज्यान जोखिममा परेको जानकारहरुले बताए ।डेरीबाट किनेर ल्याएको दुध घरमा परिक्षण नगरि प्रयोग गर्ने परिपाटीका कारण मिसावट भए नभएको थाहा नहुने भएकोले उपभोक्ताहरु दैनिक रुपमा ठगिको सिकार बन्ने गरेका छन्।

    दुध बनाउन प्रयोग हुने सेन्थेतिक पाउडर माथि नेपाल र भारत दुवै देशको सरकारले प्रतिबन्ध लगाएको भएपनि यहाँका डेरी संचालकहरु कम लगानीमा बढी फाइदा लिने मनसायले उपभोक्ताको स्वास्थ्य प्रति ख्यालै नगरि लुकाइछिपाइ ल्याएर दुधलाई गाढा बनाउन मिसावट गरि बिक्रीवितरण गर्ने गरेका छन् ।

    स्वास्थ्यकर्मीहरुका अनुसार त्यस्ता हानिकारक रसायन मिसाइएका दुध तथा दुधजन्य सामाग्रीको सेवनबाट प्रयोग गरेको केही दिनमै लिभर खराब हुने,किड्नीमा असर गर्ने र ग्यास्ट्रिक रोग लाग्ने गरेको छ ।

   उपभोक्ता संरक्षण ऐन २०५४ को दफा १० मा गुणस्तर छ भनेर गुणस्तरहीन सामाग्री बिक्रीवितरण गर्न नपाउने उल्लेख गरिएको छ ।ऐनको दफा दफा १०(ग)मा निम्न स्तरको उपभोग्य बस्तु वा सेवा भनि बिक्रीवितरण गर्न नहुने र त्यस्तो गरेको पाइएमा ५ वर्षसम्म कैद वा १ लाख रुपैया जरिवाना अथवा दुवै सजाय हुने कानुनमा  उल्लेख गरिएको छ ।

Posted by खवर सर्लाही at 9:44 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

देवी सरस्वतीको प्रतिमा विसर्जन गरि सरस्वती पुजा सम्पन्न

 

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन ५

    विद्याकी देवी माता सरस्वतीको प्रतिमाको विसर्जन गरि बुधबार यसवर्षको सरस्वती पुजा हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

     स्कुल ,कलेज,तालिम केन्द्र लगायतमा देवी सरस्वतीको मुर्ति स्थापना गरि मनाइएको पुजाको बुधवार बिहान  पुरै भक्तिभावका साथ पुजा अर्चना र आरती गरि देवीको  प्रतिमा विभिन्न सवारीसाधनमा बोकेर बाजा गाजाका साथ  जुलुस निकालेर नगर तथा गाउँको विभिन्न भागको परिक्रमा गर्दै नजिकको जलाशयमा पुर्याएर विद्यार्थीहरु  भावपूर्ण तरिकाले विसर्जन गरेका छन ।

    देवीको प्रतिमा विसर्जन गरिसके पश्चात् विसर्जन जुलुसमा सहभागी शिक्षक ,विद्यार्थी लगायत स्थानीय युवा युवती ,महिला,पुरुष तथा  ठूलावडाहरु एक अर्कालाई अवीर र टीका लगाएर पुजाको बधाइ दिएका थिए ।

   विसर्जन जुलुसमा कुनैपनि अप्रिय घटना दुर्घटना हुन नदिन सुरक्षाकर्मीहरुको टोलीले विशेष रुपमा सक्रियता देखाएका थिए ।   

   मुर्ति विसर्जन स्थल (जलाशय) देवी सरस्वतीको जयघोषको नाराले गुन्जयमान भएका थिए ।


Posted by खवर सर्लाही at 9:29 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

बिधुत सर्ट भएर ट्याक्टरमा आगलागी




सर्लाही ,फाल्गुन ५

      सर्लाहीको बरहथवामा गुडिरहेको ट्याक्टरमा जडान गरिएको  टेलरमा लोड गरेको उखुको फुसमा ११ हजार भोल्टको बिधुतको तार छुन गई करेन्ट सर्ट भएर आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।

     मंगलबार जिल्लाको बरहथवा नपा-९ मुर्तिया स्थित मुर्तियाबाट जिरायततर्फ उखुको फुस लोड गरि जाँदै गरेको ना १ त ७२८९ नम्बरको ट्याक्टरमा  जडान गरिएको टेलर माथिबाट गएको ११ हजार भोल्टको बिधुतको तारमा छुन गई करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

    दिउँसो पौने २ बजे सुरु भएको आगलागी इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायव निरिक्षक मनोज ठाकुरको कमान्डमा गएको प्रहरी टोली स्थानीयबासीहरुको सहयोगमा सवा २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Posted by खवर सर्लाही at 12:37 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Tuesday, February 16, 2021

बि.बि.ए पढेका सर्लाहीका एक युवा व्यवसायिक भैसी पालनबाट राम्रो आम्दानी गर्दै

 


---२५ लाख ऋण लिएर सुरु गरेको व्यवसाय एकवर्ष मै १ करोड २५ लाखको पुर्याए---


मनोज यादव----

सर्लाही ,फाल्गुन ४

    बि.बि.ए को पढाइ पूरा गरेर जागिर नखाइ  बाउ बाजेले गर्दै आएको पशुपालन पेशालाई अगाडी बढाउँदै  सर्लाहीका एक युवाले  भैँसी पालनबाट मनग्य आम्दानी गर्दै आएका छन ।

बाबु बाजेले गर्दै आएको कृषि पेसालाई नै अगाडी बढाउनु पर्छ भन्ने सोंच  लिएर बि.बि.ए को पढाइ सक्ने बित्तिकै जिल्लाको कविलासी नगरपालिका वडा नम्बर १० सलेमपुरका युवा रवीन्द्र यादवले गाउँमै कृषि फर्म खोलेर भैँसीपालन बाट मनग्ये आम्दानी गर्दै आएका छन् । 

      एकवर्ष अघि  करिब २५ लाख रुपैया बैंकबाट ऋण ल्याएर हिम अमृत कृषि फर्म दर्ता गराइ  भैंसी पालन व्यवसायतिर लागेको यादवले बताए । एकवर्ष देखि संचालन गर्दै आएको फर्ममा  पालिएका भैसीहरुबाट उनले  राम्रो आम्दानी गर्दै आइरहेका छन् । 

  यादवको कृषि फर्ममा अहिले जम्मा ५० वटा भैंसी , ३ वटा राँगा ,२५ वटा पाडापाडी र २ वटा गाईहरु रहेका छन् ।२५ वटा दुधालु भैंसी उनले फर्ममै राखेका छन भने दूध दिन छाडेका  २५ वटा भैंसीहरु गाउँकै स्थानीय किसानलाई पाल्नका लागि दिएका छन् । पाल्नका लागि दिएको किसानको गोठमा भेैंसी ब्याए पछि पाले वापत केही रकम दिएर पुनः फर्ममा फर्काएर ल्याउने  यादवले बताए ।फर्ममा भएका सबै पशुहरुको पशु बिमा समेत गराइसकेको उनले बताए ।

      पुर्व-पश्चिम राजमार्गदेखि दक्षिणतर्फ नवलपुर- मलंगवा सडक खण्ड अन्तर्गत पर्ने त्यस क्षेत्रको  सुप्रशिद्ध चमेली माईको मन्दिर नजिक सडक छेउको ८ कठ्ठा जग्गामा संचालन भइरहेको उक्त कृषि फर्ममा पालिएका भैंसीहरुको आहाराको लागि साढे ३ बिघा जग्गा भाडामा लिएर  घाँस समेत रोपेका छन् । प्रत्येक दिन एउटा भैंसीको लागि ५० किलोग्राम आहाराको आवश्यक्ता पर्ने गरेको छ ।यसका लागि प्रति भैंसी   ३० किलो सुख्खा भुँस,१५ किलो हरियो घाँस र ५ किलो दाना मिसाएर   खाना तयार पारिन्छ ।

     उक्त कृषि फर्मबाट  दैनिक २ सय  लिटर दूध उत्पादन हुने गरेको छ ।यादवले  कृषि फर्ममा उत्पादन भएको दुध बजार सम्म पुर्‍याउनका लागि फर्मसँगै डेरी पनि खोलेका छन् ।उक्त डेरीमा आसपासका स्थानीय किसानहरुले उत्पादन गरेको दूध समेत संकलन गरि दैनिक ५ सय लिटर भन्दा बढी दूध मलंगवा लगायतका ठूला बजारमा पठाउने गरेको तर पनि बजारको माग अनुसार पुर्‍याउन  नसकिएको यादवले बताए ।

    यादवले  कृषि फर्ममा २ जना स्थानीय ब्यक्तिलाई  रोजगारी समेत दिएका छन्  ।उनले अझै भैंसी थप्ने योजना रहेको समेत बताए  ।

     एकवर्ष पहिले २५ लाख रुपैया बैंकबाट ऋण लिएर सुरु गरेको व्यवसाय अहिलेको अवस्थासम्म आइपुगेर १ करोड २५ लाख रुपैया पुगिसकेको छ ।दूध बिक्रीबाट राम्रो आम्दानी भइरहेकोले कृषि पेशाबाट आफू पुर्ण सन्तुष्ट रहेको यादवको भनाई छ ।

युवा शक्ति सबै विदेश जाने क्रम चलिरहेको बेला उनी भने यस क्षेत्रका युवाहरुको बिच गतिलो उदाहरण  बनेका छन् ।

    कृषि फर्म संचालक यादवले पढेलेखेका युवाहरुलाई जागिर नपाएर  वैदेशिक रोजगारीमा जानू भन्दा आफ्नै देशको भुमीमा रहेर कृषि क्षेत्रमा लाग्न सल्लाह दिएका छन् ।कृषिमा पशुपालन मात्र नभइ व्यवसायीक तरकारी तथा फलफुल खेती, मत्स्यपालन ,पोल्ट्री फारम तथा कृषि सम्बन्धि अन्य विभिन्न क्षेत्रमा राम्रो सम्भावना रहेकोले आफुले गर्न सक्ने कुनैपनि एउटा व्यवसाय छनौट गरि त्यस सम्बन्धि तालिम लिइ  दक्षता हासिल गरेर अगाडी बढ्न उनले आफुजस्तै युवाहरूलाई सुझाव दिएका छन् ।

     कृषि व्यवसाय संचालन गर्न सरकारले किसानलाई सहुलियत व्याजदरमा  ऋण उपलब्ध गराउँदै आएको छ ।बेलाबेलामा अनुदान दिने र ऋणको ब्याजमा समेत सहुलियत दिने गरेकोले कृषि पेशा अरु पेशा भन्दा सुरक्षित रहेको यादवको भनाइ छ । 

     यादवले संचालन गरेको कृषि फर्ममा  जिल्लाकै ब्रह्मपुरी गाउँपालिका भेल्ही बस्ने उनका भिनाजु सुवोध यादवको पनि लगानी रहेको छ ।उनी पनि अमिनको जागिर छाडेर यस पेशामा लागेका हुन । 


             


Posted by खवर सर्लाही at 8:42 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Newer Posts Older Posts Home
Subscribe to: Posts (Atom)



Blog Archive

  • ►  2025 (17)
    • ►  May (6)
    • ►  April (6)
    • ►  March (3)
    • ►  January (2)
  • ►  2024 (44)
    • ►  December (2)
    • ►  November (1)
    • ►  September (1)
    • ►  August (5)
    • ►  July (2)
    • ►  June (6)
    • ►  March (1)
    • ►  February (11)
    • ►  January (15)
  • ►  2023 (496)
    • ►  December (18)
    • ►  November (23)
    • ►  October (29)
    • ►  September (42)
    • ►  August (45)
    • ►  July (48)
    • ►  June (64)
    • ►  May (51)
    • ►  April (40)
    • ►  March (42)
    • ►  February (39)
    • ►  January (55)
  • ►  2022 (785)
    • ►  December (68)
    • ►  November (50)
    • ►  October (54)
    • ►  September (61)
    • ►  August (65)
    • ►  July (80)
    • ►  June (79)
    • ►  May (66)
    • ►  April (51)
    • ►  March (65)
    • ►  February (79)
    • ►  January (67)
  • ▼  2021 (752)
    • ►  December (65)
    • ►  November (52)
    • ►  October (52)
    • ►  September (49)
    • ►  August (50)
    • ►  July (73)
    • ►  June (69)
    • ►  May (56)
    • ►  April (53)
    • ►  March (96)
    • ▼  February (73)
      • जेसिज माविका प्रिन्सिपल भोला भट्टद्वारा बुवाआमाको...
      • मलंगवा बजारको सडक चाैडा नहुँदा सर्वसधारणलाई समस्या
      • सर्लाहीमा सवारी लाइसेन्स विना नै अधिकांश अटो संचा...
      • सांसद प्रमोद साहद्वारा सर्लाहीको सपही नदीमा बाँध...
      • खाद्य तथा कृषि संस्थाले वितरण गरेको गुणस्तरहीन बिउ...
      • सर्लाहीबाट प्रजिअ सुरेन्द्र पौडेल जाँदै चितवनबाट न...
      • बोलेरोको ठक्‍करबाट पैदल यात्री घाइते
      • अस्पतालको लापरबाहीले बालकको मृत्यु भएपछि राजमार्गम...
      • पत्थरकट्टा जातिको जाँतो,लोर्हा ,सिलौटा बनाउने पेशा...
      • धनकौलमा आगलागीबाट लाखौंको क्षति
      • ब्रह्मपुरीमा मोटरसाइकल दुर्घटना ,एक भारतीय सहित २ ...
      • सर्लाहीको पश्चिमी क्षेत्रमा बालबिवाह बिरुद्ध सडक...
      • सांसद साहद्वारा लघुवामा मन्दिर तथा प्रतिक्षालयको श...
      • बजाजले ल्यायो १० उत्कृष्ट फिचर्स सहितको Bajaj RE B...
      • स्थानीय किसानले उखु नदिएपछि भारतबाट ल्याएर क्रसिङ ...
      • लोकमार्गमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्कियो / चाल...
      • सर्लाहीमा सहायक सिडियोको रुपमा भुमिश्वर पोखरेल आए
      • संसद पुनर्स्थापना गर्ने सर्बोच्चको फैसला स्वागतयो...
      • संसद पुर्नस्थापना गर्ने सर्बोच्च अदालतको फैसला ऐति...
      • प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनु हुन्न : प...
      • आफैले चलाएको ट्याक्टरको स्टेरिङमा च्यापिएर सर्लाही...
      • चालु सिजनमा १५ करोड भन्दा बढीको टमाटर उत्पादन गरे ...
      • संसद पुनर्थापना , संसद बैठक १३ दिनभित्र बोलाउन सर...
      • कोभिड सिल्ड खोप लगाउन सर्लाहीका जनप्रतिनिधिहरुमा ...
      • भाँडसरमा क्रिकेट टुर्नामेन्ट सुरू
      • सर्लाहीमा आयोजित अखिल नेपाल महिला संघको विरोध सभाम...
      • सिमानाका खोलाइदिन आग्रह गर्दै दुवै देशका समाजसेवी ...
      • कृषि ज्ञान केन्द्रको बजेट सार्वजनिक गरियो
      • नवनियुक्त प्रदेश प्रमुख राजेश झा अहिराजले लिए सपथ
      • अपाङ्गता भएका किशोर किशोरीहरुलाई सहायक सामग्री वितरण
      • भारत तर्फको सिमानाका खुल्ला भएका कारण लागुऔषध नियन...
      • केपी अाेलीकाे निरंकुशतन्त्र र तानाशाही प्रतीगमनकाे...
      • दुधमा मिसावट गरेर मानव स्वास्थ्य माथि खेलवाड गर्दै...
      • देवी सरस्वतीको प्रतिमा विसर्जन गरि सरस्वती पुजा सम...
      • बिधुत सर्ट भएर ट्याक्टरमा आगलागी
      • बि.बि.ए पढेका सर्लाहीका एक युवा व्यवसायिक भैसी पाल...
      • सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद
      • *"सरस्वती पुजा"*
      • २५ लाखको लागतमा निर्मित महादेव मन्दिरको उद्घाटन
      • रौतहटमा ५ फरार अभियुक्त पक्राउ
      • सीमानाका बन्द हुँदा वारि चहलपहल,पारि सुनसान
      • वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्...
      • सर्लाहीको पर्सामा नालामा डुबेर बालकको मृत्यु
      • गोडैताका विद्यालयहरुमा छात्रवृत्ति वितरण सुरु
      • सर्लाहीमा महिलाहरुलाई सुरक्षा गार्ड सम्बन्धि तालि...
      • ट्राफिक प्रहरीले सडकमै लेखे सवारीसाधनमा नम्बर प्लेट
      • मलंगवा सोनवर्षा नाका खोल्ने विषयमा दुवै देशका बुद्...
      • अभिनेता राजिव कपुरको निधन
      • विद्यार्थीलाई विभिन्न अपराध न्युनिकरण , सजाय र कान...
      • आफ्नै घर अगाडी खेलिरहेको बालकलाई मोटरसाइकलले हान्यो
      • मलंगवाबाट वडाध्यक्ष रायको सरकारी मोटरसाइकल चोरी
      • श्रोत नखुलेको लाखौं रकम सहित गौर बसपार्कबाट एक युव...
      • सर्लाहीमा गोलभेंडाको उत्पादन बढ्यो मूल्य घट्यो, ला...
      • मलंगवामा वर्तमान शिक्षामा योगको महत्त्व सम्बन्धि व...
      • मलंगवाको खुल्ला नालामा डुबेर बालकको मृत्यु
      • टिपर र हाईस ठोक्किँदा एकजना गम्भीर घाइते
      • तराईमा लोप हुँदै कन्सारी (घोन्सारी), भुजा भुट्ने ...
      • बरहथवाका असन्तुष्ट विद्यार्थीहरुले सरोकारवलाहरु ल...
      • सरकारी घर पाउने सपना बोकेका मुसहरहरु भएको झुपडी सम...
      • बरहथवामा डिप बोरिङको शिलान्यास
      • मलंगवामा रोयल कप सुरु
      • सुरक्षित सिकाई परियोजना कार्यक्रमको विषयमा मलंगवाक...
      • ज्वाइन आवर हैण्ड्सले भेल्हीका विपन्न तथा दलित बालब...
      • गुडिरहेको म्याजिकले रोकिराखेको म्याजिकलाई ठक्कर दि...
      • लागुऔषध सहित सलेमपुरका नन्दकिशोर पक्राउ
      • श्री मधेशी आधारभूत विद्यालय सलेमपुरको विद्यालय व्य...
      • कौडेनामा संचालित सुरक्षित सिकाई परियोजना कार्यक्र...
      • ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु...
      • ADMISSION OPEN for CA in Birgunj
      • अधिकारकर्मीहरुको पहलमा सर्लाहीको इश्वरपुरमा बालबिव...
      • जनकपुरमा मैयुदिनको साथी-सन्देश` खण्डकाव्य विमोचित
      • भारतीय सेतो अण्डाका कारण सर्लाहीका अण्डा व्यवसायी ...
      • आगोले जलेर वृद्धाको मृत्यु
    • ►  January (64)
  • ►  2020 (716)
    • ►  December (56)
    • ►  November (47)
    • ►  October (65)
    • ►  September (78)
    • ►  August (76)
    • ►  July (92)
    • ►  June (105)
    • ►  May (142)
    • ►  April (55)

Total Pageviews

Pages

  • Home
  • About Sarlahi (सर्लाही)
  • Contact Us
  • Useful Links
  • NGO / INGO In Sarlahi District
  • Important Numbers

Contact Form

Name

Email *

Message *

Technical Support by Symbolic Technology Pvt. Ltd. Simple theme. Powered by Blogger.