Saturday, February 27, 2021

सांसद प्रमोद साहद्वारा सर्लाहीको सपही नदीमा बाँधको शिलान्यास

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १५  

     नदी कटानका कारण प्रत्येक वर्ष  बाढी तथा  खेतीबारी कटानको समस्या भोग्दै आएका स्थानीयबासीका लागि सर्लाहीको इश्वरपुर नगरपालिका वडा न-१ पोखरियाको सपही नदिमा बाँधको निर्माण हुने भएको छ ।वर्षेनि नदीमा आउने बाढीले गाँउलाई समेत प्रभाव गरिरहेकोले उक्त खेतिबारी को संरक्षण गर्न तथा बाढीबाट गाउँलाई बचाउन बाँधको निर्माण हुन लागेको हो ।

    शनिबार  एक कार्यक्रमकाबीच संसदीय निर्वाचन क्षेत्र न-१ का संघीय सांसद प्रमोद साहले  बाँधको शिलान्यास गर्नुभएको छ ।सांसद साहको संसदीय विकास कोषको १ करोड रुपैयाको लागतमा  निर्माण हुन लागेको उक्त बाँधको निर्माण पश्चात् खेतबारी कटान र गाउँमा बाढीको समस्या समाधान हुनुका साथै किसानलाई सिंचाइको समेत सुविधा प्राप्त हुनेछ ।

   शिलान्यास कार्यक्रममा जसपा नेपालका  क्षेत्रीय अध्यक्ष  राम नरेश साह,जसपा नगर अध्यक्ष  पंची महतो,जसपा नेता नागेन्द्र राय,स्थानीय नेता  डा. कौशल किशोर महतो,गगन देव साह, राम विश्वास राय,मो. जुमराती अंसारी,मो.भगल अंसारी, मो.इजराईल अंसारी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।



No comments:

Post a Comment