Wednesday, February 10, 2021

मलंगवा सोनवर्षा नाका खोल्ने विषयमा दुवै देशका बुद्धिजीवीहरु बिच छलफल


लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ २८

    नेपाल–भारत सीमा नाका अन्तर्गत मलंगवा -सोनवर्षा नाका  खोल्ने विषयमा दुवैदेशका बुद्धिजीवीहरु गम्भीर भएका छन् ।यसका लागि आज(बुधबार )सदरमुकाम मलंगवामा छलफल छलफल तथा विचार गोष्ठीको आयोजना गरिएको छ ।

     मलंगवा नपा वडा न-८ स्थित उद्योग वाणिज्य संघको सभाहलमा नेपाल भारत मैत्री संघले एक कार्यक्रमको आयोजना गरि सिमानाका खोल्नुपर्ने विषयमा छलफल छलफल गरेका छन् ।नेपाल सरकारको तर्फबाट नाका खोल्न अनुमती दिइसकेको तर भारतीय पक्षबाट कुनै निर्देशन नआएकोले स्थानीयबासीहरु दोधारमा परेका छन्।

   नेपाल सरकारको मन्त्रिपरिषदले सर्लाहीको मलंगवा  सहित ३० ओटा अन्तर्राष्ट्रिय सीमा नाका नियमित खोल्ने निर्णय गरेको थियो । तर निर्णय भएको लामो समय बितिसक्दा समेत  भारतीय प्रशासनबाट उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले भारतीय प्रशासनलाई पटकपटक यसबारे जानकारी गराइसकेको तर उताबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ ।

    कार्यक्रममा सहभागी भएका दुवै देशका बुद्धिजीवी तथा समाजसेवीहरुले लामो समयदेखिको सिमानाका बन्दका कारण स्थानीय नागरिकहरुलाई पर्दै आएको समस्या प्रति चिन्ता व्यक्त गरेका थिए ।

No comments:

Post a Comment