Thursday, February 25, 2021

बजाजले ल्यायो १० उत्कृष्ट फिचर्स सहितको Bajaj RE BS6 तिनपाङ्ग्रे /लालबन्दीको रितिक इन्टरप्राइजेज सिहित नेपालभर बिक्री सुरु

 



मनोज यादव---

सर्लाही ,फाल्गुन १३

 बजाजले आज(बिहिवार )बाट नयाँ मोडेलको तीन पाँग्रे अटो बजारमा ल्याएको छ।बजाजका लागि बजाज अटो लिमिटेड भारतकोलागि आधिकारिक गोल्छा ग्रुप अन्तर्गतको हँसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ तीनपाङ्ग्रे अटो बजाज RE BS 6 बजारमा ल्याएको हो ।

 सर्लाहीको लालबन्दी नगरपालिका वडा न-९ बस्तिपुरमा रहेको  बजाजको आधिकारिक बिक्रेता रितिक इन्टरप्राइजेजले एक कार्यक्रमका बिच नयाँ मोडेलको Bajaj RE 250  BS 6 FT अटो  आज(बिहिवार)बाट बिक्री सुरु गरेको छ। हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपाल अधिराज्यभरीका सबै डिलरहरु मार्फत यसको आज बिहिवारबाट एकैसाथ बिक्री सुरु गरेको रितिक इन्टरप्राइजेजका शाखा प्रवन्धक समीर सापकोटाले जनाएको छ ।

       लालबन्दी नगरपालिका वडा न-९ का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेले उद्घाटन गर्नुभएको कार्यक्रममा उपस्थित भएका लालबन्दी र हरिवनमा रहेका विभिन्न बैंक तथा वित्तिय  संस्थाका प्रमुख तथा प्रतिनिधि, बजाजका पुर्व तथा नियमित ग्राहकहरुको साथै पत्रकारहरुलाई  यसको विशेषताको बारेमा जानकारी गराउँदै शाखा प्रबन्धक सापकोटाले  यो अटो नेपालमै पहिलोपल्ट BS 6 इन्जिनमा Fuel injection(FI)प्रविधिमा आएको छ ।जसले यसमा उच्चतम पावर तथा तान-शक्ति दिनुका साथै माइलेज पनि बढी दिने जानकारी गराएको छ । यसमा दस उत्कृष्ट फिचर्सहरु समावेश गरिएका छन्  ।यसमा उत्कृष्ट फिनिसिंग सहितको  नयाँ स्टाईलको डायसबोर्ड,ठुलो  ऐना,नयाँ हुडको साथ पारर्दशी झ्याल,उज्यालो प्यासेन्जर बस्ने ठाउँ, अझ धेरै पावर र उत्कृष्ट माइलेज भएको 236 सि.सि को एफ.आई इन्जिन ,इन्जिनको लागि पर्याप्त हावा छिर्ने नयाँ स्टाईलको इन्जिन कभर,प्यासेन्जरको सुविधाको लागि साइड ढोका,सजिलै ह्यान्ड स्टार्ट गर्न सकिने नयाँ र सुधारिएको ह्यान्ड स्टार्ट ,चालकलाई राति चलाउन सजिलो हुनका लागि स्पष्ट देखिने हेड लाइट ,mp3 र रेडियो सहितको म्युजिक सिस्टम तथा नयाँ डिजाइन र नयाँ बडी फिनिसिंगको रहेका छन् ।ARAI इन्डियाको टेस्ट अनुसार यो नयाँ RE ले ३० किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्ने कार्यक्रममा जानकारी गराइएको छ ।

      बजाज अटोको नेपालभरिका डिलरहरुमा उपलब्ध यो नयाँ RE मा फाइनान्स र एक्सचेञ्ज सुविधा पनि रहेको र यसको बजार मूल्य 5  लाख 64 हजार 900 रुपैया  कायम गरिएको बताइएको छ । 



No comments:

Post a Comment