Wednesday, February 24, 2021

स्थानीय किसानले उखु नदिएपछि भारतबाट ल्याएर क्रसिङ गर्दै सर्लाहीका चिनी उद्योग

 




लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १२

     नेपाली किसानले उखु नदिएपछि सर्लाहीको दक्षिणी सिमावर्ती क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैता भारतबाट उखु मगाएर क्रसिंङ गरिरहेको छ ।उद्योगले आफ्ना दलालहरु मार्फत तुरुन्त पैसा तिरेर अवैध किसिमले भारतबाट उखु ल्याएर क्रसिंङ गरेको तर आफुहरुको उखुको भुक्तानी गर्न कुनै चासो नदेखाएको स्थानीय किसानहरुले गुनासो गरेका छन् ।

      नेपाली किसानको भुक्तानी नदिने तर भारतबाट आयात गर्ने त्यस्ता उद्योग र उद्योगीहरुलाई कार्यबाही गरिनुपर्ने आवाज उठ्न थालेको छ ।तर उता उद्योगका प्रशासकीय प्रबन्धक विरेन्द्र कुमार श्रीवास्तवको अर्कै भनाइ छ ।उनले अब उखु किसानको भुक्तानी नियमित बनाउने बताएका छन् ।उनले नेपाली उखु कम भएपछि भारतबाट ल्याएर उद्योग संचालन गरेको बताका छन् ।

  भारतीय उखु नेपाली उखुको भन्दा सस्तो मुल्यमा पाइने भएकोले उद्योगले स्थानीय किसानले उत्पादन गरेको उखु प्रति बेवास्ता गरेको गोडैताका एक उखु किसानको भनाइ छ ।उद्योगले जतासुकैबाट उखु ल्याए पनि पहिलो प्राथमिकता स्थानीय किसानलाई दिनुपर्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।

No comments:

Post a Comment