Friday, February 12, 2021

गोडैताका विद्यालयहरुमा छात्रवृत्ति वितरण सुरु

 

 



राधेश्याम कुशवाहा---

सर्लाही,माघ ३०

     सर्लाहीको गोडैता नगरपालिका अन्तर्गतका विधालयहरुमा छात्रवृत्ति  रकम वितरण सुरु भएको छ।कोरोना महामारीका कारण गत वर्ष  नगरपालिकाबाट वितरण हुन नसकेको  छात्रवृत्रि वापतको रकम अहिले धमाधम वितरण भइरहेको  शिक्षा शाखा प्रमुख प्रमोध कुमार यादवले जानकारी दिनुभएको छ।

    गोडैता नगरपालिकामा ५ वटा माध्यमिक, ४ वटा अधारभूत र १६ वटा प्राथमिक विद्यालय गरी जम्मा २५ वटा सामुदायिक विद्यालय रहेका छन । जसमध्ये सिसौटिया, रामवन र गोडैता माविले छात्रवृत्ति वितरण गरिसकेको र सिमरा भगवतीपुर माविको  वितरण गर्न बाँकी रहेको यादवले बताएको छ । रामवनकै सरस्वती र बगदहको रामजानकी माविले पनि छात्रवृत्ति वितरण गरिसकेको छ । त्यस्तै बकैनिया, गोडैताको   गरी करिब आधा दर्जन भन्दा बढी प्राविले पनि छात्रवृति गरिसकेको शिक्षा शाखा प्रमुख यादव ले बताएको छ ।

   विद्यालयमा भएको विद्यार्थीको अनुपातमा छात्रवृत्ति वितरण नभएको गोडैता नपा वडा न-५ स्थित श्रीमती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयका  प्रधानाध्यापक रामप्रकाश महतो ले गुनासो गरे । गत बर्ष बालविकास व्यवस्थापनका लागि प्रति विद्यार्थी ५ सयका दरले वितरण गरिएको छात्रवृत्ति चालु आर्थिक बर्षमा जम्मा ३ हजार रुपैया  मात्र वितरण गरिएको उनले बताए ।

     नगरभित्रका अधिकांश विद्यालयले दलित, गरिब र बालिकालाई लक्षित गरेर छात्रवृत्ति वितरण गर्दै आएको बताउँदै हाम्रो विद्यालयमा अध्ययनरत सम्पूर्ण ७ सय ७५ जना विद्यार्थीहरुलाई विद्यालयको पोसाक वितरण गरिएको प्रअ महतोले बताए । विद्यालयमा अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, बुद्धिजीवी  लगायतका व्यक्तिहरुले छात्रवृत्ति वितरणको सम्बन्धमा छलफल गर्दा सबै विद्यार्थीहरुलाई समान व्यवहार गर्दै छात्रवृत्ति वितरण गरिनुपर्छ भने कुरालाई अघि सारेपछि हाम्रो विद्यालयले सबै विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न थालेको प्रअ महतो ले थपे ।  

   गोडैता नपा वडा न-५ मा रहेको श्री जनता माध्यमिक विद्यालयमा आर्थिक सत्र २०७७ सालको कक्षा १ देखि ८ सम्मका छात्रा र दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको प्रअ ब्रह्मानन्द साह ले बताए ।



No comments:

Post a Comment