Sunday, February 7, 2021

टिपर र हाईस ठोक्किँदा एकजना गम्भीर घाइते

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ २५

      सर्लाहीको लालबन्दी नगरपालिका वडा न-६ कालिन्जोरमा दुई सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना गम्भीर घाइते  भएको छ । लालबन्दी नपा-६ कालिन्जोर स्थित पुल नजिकै  दुई सवारी साधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

     प्रहरीका अनुसार कालिन्जोर पुल नजिकै पश्चिमबाट पुर्व जाँदै गरेको अवस्थामा गाडी पास गर्न रोकिराखेको बा ४ ख ३३५० नम्बरको टिपरमा सोही दिशाबाट आइरहेको ना ८ ख ८१८३  नम्बरको हाईस पछाडीबाट ठोक्किएर दुर्घटना हुँदा हाईसमा सवार ईश्वरपुर नगरपालिका वडा न-४ बस्ने ३२ वर्षीय गोविन्द लामा घाइते भएको हो ।

   टाउको,नाक र आँखा माथि चोट लगेर गम्भीर घाइते भएको लामालाई गढीमाई अस्पताल लालबन्दीमा प्राथमिक उपचार गरि थप उपचारको लागि बिरगंज स्थित न्युरो अस्पताल लगिएको छ ।

    दुर्घटना पछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोली घटनास्थलबाट  दुर्घटनामा संलग्न दुवै सवारीसाधन र टिपर चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटना लगत्तै फरार भएका हाईस चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरिक्षक दिपक चोरवारले बताएको छ ।



No comments:

Post a Comment