काठमाडौँ – प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रबार साँझ शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख झालाई पद तथा गोपनियताको शपथग्रहण गराएकी हुन् ।
शपथग्रहणसमारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए भने उपपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने अनुपस्थित थिए ।
शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ प्रमुख परियारलाई हटाएर नयाँ प्रदेश प्रमुखमा झालाई नियुक्त गरेकी हुन् ।
No comments:
Post a Comment