Monday, February 15, 2021

२५ लाखको लागतमा निर्मित महादेव मन्दिरको उद्घाटन

 


राधेश्याम कुशवाहा----

सर्लाही ,फाल्गुन ३

     सर्लाहीको बरहथवा नगरपालिका वडा न-१३ स्थित हिरापुरमा महादेवको  नव निर्मित मन्दिरको उद्घाटन  गरिएको छ ।सांसद विकास कोष अन्तर्गत २५ लाखको लागतमा निर्माण गरिएको उक्त मन्दिरको प्रदेश न-२ का सांसद विरेन्द्र सिंहले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो। 

     स्थानिय निकायले विकास निर्माणका कामलाई मात्र सिमित राखेका  कारण गाउँघरमा   पुर्खाको धरोहरको रुपमा रहेका  मठ, मन्दिर, पाटी, पौवा दिनानुदिन धराशायी हुदै गएकोले आफ्नो संसदीय विकास कोषको बजेटबाट यश मन्दिरको निर्माण गर्न लगाएको सांसद सिंहले बताउनुभयो । उहाँले   पुरानो संसकार, मुल्यमान्यता र पहिचान बोकेका धार्मिक सम्पदाहरुको संरक्षण, सम्बर्द्धन  र पुनिर्माणमा जोड्दिनु पर्ने भनुभयो। 

     कार्यक्रममा वडा न-१३ हिरापुरका  वडा सभापति हरि गौतम, वडा अध्यक्षका प्रत्यासी  ललन राय, युवा नेता रामविश्वास महतो लगायत स्थानियवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।


No comments:

Post a Comment