Tuesday, February 9, 2021

श्रोत नखुलेको लाखौं रकम सहित गौर बसपार्कबाट एक युवक पक्राउ

 


नवाब अली----

रौतहट (गौर),माघ २७

     रौतहटबाट श्रोत नखुलेको लाखौं रकम सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको परोहा नगरपालिका वडा न-१ बेलबिछवा निवासी शेख सुखाडीका छोरा २७ वर्षीय मोहम्मद दिलसाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    प्राप्त सूचनाको आधारमा गौर नपा वडा न-४ स्थित बसपार्कमा रोकेर खानतलासी गर्ने क्रममा आलमको साथबाट श्रोत नखुलेको २१ लाख ९० हजार रुपैया र नम्बर नखुलेको स्कुटर बरामद गरेको छ ।

    आलमलाई बरामद गरेको रकमसहित आवश्यक कार्यवाहीको लागि सम्पत्ति शुद्धीकरण आयोग काठमाडौ पठाइएको साथै नम्बर नखुलेको स्कुटर कार्यवाहीको लागि भन्सार कार्यालय गौर पठाएको जिप्रका रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

    आलमको साथबाट उनकै नामको ३१ लाख १६ हजार रुपैयाको चेक ५ थान र ह्वाट्स एपमा विभिन्न कारोबारको विवरण खुलाइएको ९८५५०४०५२८ नम्बरको रेडमी कम्पनीको  मोबाइल १ थान समेत बरामद भएको प्रवक्ता श्रेष्ठले जनाएको छ ।

No comments:

Post a Comment