Saturday, February 6, 2021

गुडिरहेको म्याजिकले रोकिराखेको म्याजिकलाई ठक्कर दिँदा २ महिला घाइते

 

गुडिरहेको म्याजिकले रोकिराखेको म्याजिकलाई ठक्कर दिँदा २ महिला घाइते


लोकतन्त्र समाचारदाता----

सर्लाही,माघ २४ 

      पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१७ रानीगंजमा रोकिराखेको म्याजिकलाई गुडिरहेको अर्को म्याजिकले ठक्कर दिँदा दुईजना महिला घाइते भएका छन् ।

      प्रहरीका अनुसार शुक्रवार साँझ  रानीगंज स्थित पुल नजिकै  पूर्वबाट पश्चिम दिशातर्फ फर्काएर रोकिराखेको मे १ ज ३२३४ नम्बरको म्याजिकलाई सोही दिशाबाट आइरहेको ना १ ज ३६३१ नम्बरको अर्को म्याजिकले ठक्कर दिँदा उक्त म्याजिकमा सवार यात्री इश्वरपुर न.पा वडा न-१२ बस्ने ३३ वर्षीया यशोधा पुलामी र लालबन्दी न.पा वडा न-७ बस्ने वर्ष ८८ की रुक्मिनी बराल घाइते भएका हुन् ।

   दुर्घटनामा संलग्न म्याजिक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घाइते दुबैजना महिलाको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको  प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment