Sunday, February 7, 2021

बरहथवाका असन्तुष्ट विद्यार्थीहरुले सरोकारवलाहरु लाई ज्ञापनपत्र बुझाए



लोकतन्त्र समाचारदाता--

सर्लाही माघ २५

 सर्लाहीको बरहथवामा रहेको चक्र जनता सहिद माविका विद्यार्थीहरुले  माध्यमिक  विद्यालयका विद्यार्थिहरुले विधालय सुधार लगायत विभिन्न १० बूँदे माग राख्दै जिल्ला समन्वय समिती तथा जिल्ला शिक्षा इकाई  समिती लाई ज्ञापन पत्र बुझाएको छ ।

    विद्यालयमा भएको चरम लापरवाहीका कारण विगत एक साता देखी आन्दोलन गर्दै आएका विद्यार्थीहरुको माग पूरा नभए पछि  बाध्य भएर  समस्या समाधानका लागि सरोकारवाला निकायलाई  ज्ञापनपत्र बुझाएका  हुन ।

     ज्ञापनपत्रमा विधालय शुल्क , पाठयपुस्तक वितरण , विद्यालय व्यवस्थापन समिती गठन , विद्यार्थी  भर्ना , भौतिक पुर्वाधार , योग्यता र क्षमताको आधारमा जिम्मेवारी तोक्ने , अतिरिक्त क्रियाकलाप सञ्चालन , आर्थिक अनियमितताको छानविन , विद्यालयको सम्पती संरक्षण हुनुपर्ने  लगायता मागहरु उल्लेख गरिएको छ । 



No comments:

Post a Comment