Sunday, February 7, 2021

सुरक्षित सिकाई परियोजना कार्यक्रमको विषयमा मलंगवाका सरोकारवालाहरु बिच अन्तरक्रिया गरियो

 

 सुरक्षित सिकाई परियोजना कार्यक्रमको विषयमा मलंगवाका सरोकारवालाहरु बिच अन्तरक्रिया गरियो 


राजिव साह----

सर्लाही,माघ २५

     प्रेरणा र भि.एस.ओ को साझेदारीमा सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा  सुरक्षित सिकाई परियोजना अन्तर्गत संचालित कार्यक्रमको सुरक्षीत सिकाई प्रबर्द्धनका लागि स्थानीयत तहमा रहेका सरोकारवालाहरु सँगको नीतिगत संवाद तथा अन्तरक्रिया कार्यक्रम आइतवार  मलंगवा स्थित कुसुम पार्टी पैलेसको सभाहलमा सम्पन्न भएको छ । 

   मलंगवा नपाका मेयर निरसल साहको प्रमुख आतिथ्यता तथा उपमेयर शान्ती सबनम मिकरानी र प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहजकर्ता नारायण  खपाङ्गीको सहयोगमा बालअधिकार र सुरक्षित सिकाईको अवधारणा ,सुरक्षित सिकाई सम्बन्धि कानुनी तथा नीतिगत व्यवस्थाहरु र सुरक्षित सिकाईको कानुनी तथा नीतिगत व्यवस्थाहरुको विषयमा सरोकारवालाहरु सँग संवाद र अन्तरक्रिया गरिएको प्रेरणा द्वारा संचालित ENGAGE परियोजनाका कार्यक्रम संयोजक रामचन्द्र चौधरीले  जानकारी दिए ।

    नगरपालिका अन्तर्गतका ५ वटा वडाहरुमा संचालित सुरक्षित सिकाई परियोजना कार्यक्रमबाट विद्यालयमा भएका दुर्ववहार, हिंसा तथा भेदभाव सम्बन्धि जानकारी प्राप्त गरेको र सोही आधारमा विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरु सँग  सुरक्षित सिकाईको अवधारणालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गराउने प्रतिबद्धता गराएको ,विद्यालयमा सुरक्षित सिकाईको वातावरण निर्माणका लागि स्थानीय सरकारको लेखाजोखा गरि  विद्यमान नीतिगत व्यवस्थालाई सचेत ढंगले लागू गर्न स्थानीय सरकारबाट  प्रतिबद्धता भएको प्रेरणाका कार्यक्रम संयोजक कविता चौधरीले बताए ।

   भि.एस.ओ का जिल्ला परियोजना अधिकृत दिपेन्द्र तिवारी ,प्रेरणाका कार्यक्रम संयोजक(ENGAGE)  चौधरी, भि .एस.ओ का राष्ट्रिय स्वयंसेवक कृतिका पोखरेल ,पुजा रेग्मी ,प्रेरणाकाGBV अधिकृत रेणु कुमारी सिंह सबै वडाका वडाध्यक्षहरु,  विद्यालयका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु, शिक्षक अविभावक संघका प्रतिनिधि लगायत किशोर किशोरीहरुको सहभागीतामा संचालन गरिएको कार्यक्रमको अन्तमा  मेयर साहले नगरपालिका क्षेत्र भित्र रहेका विद्यालयहरुको सुधार तथा व्यवस्थापनका लागि हरेक वर्ष  विभिन्न भौतिक श्रोत साधनहरु उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि विद्यालयले माग गरे अनुसार अथवा आवश्यक परेको खण्डमा सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।साथै उहाँले उपलब्ध गराइएका भौतिक श्रोत साधनको सम्बन्धित विद्यालयका शिक्षक, विद्यार्थी ,कर्मचारी लगायत स्थानीयबासीहरु स्वयंले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

    यस्तै उपमेयर मिकरानीले सरकारी विद्यालयहरुको शैक्षिक अवस्था र व्यवस्थापन पहिलेको तुलनामा राम्रो बनेको बताउँदै उहाँले पनि यसलाई अझ सुधारको बाटोमा अगाडी बढाउन  उपमेयरले  गर्न सक्ने सम्पूर्ण काममा पछि नपर्ने र आफु मातहतबाट हुने जति सबै काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रम उपलब्धि मुलक रहेको प्रेरणाका तथ्यांक अधिकृत मनिल श्रेष्ठले बताउनुभयो ।

   



No comments:

Post a Comment