काठामाडौं : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदम बदर गर्दै संसद पुनर्थापना गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फैसला सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश समेत गरेको हो।
योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको ५ पुस गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए।
सर्वोच्च अदालतले १० पुसपछि संवैधानिक इजलासमा निरन्तर सुनुवाइको आदेश दिएको थियो। फागुन ७ मा पक्ष र विपक्षको बहस सकिएको थियो।
No comments:
Post a Comment