Thursday, February 11, 2021

सर्लाहीमा महिलाहरुलाई सुरक्षा गार्ड सम्बन्धि तालिम सुरु

 


लोकतन्त्र समाचारदाता---

सर्लाही , माघ २९

    सर्लाहीका चार स्थानीय तहले सम्बन्धित पालिकाका युवाहरुलाई सुरक्षा गार्ड सम्बन्धि तालिम दिन सुरु गरेको छ। जिल्लाको ईश्वरपुर, हरिपुर, बलरा नगरपालिका तथा कौडेना गाँउपालिकामा सुरक्षा गार्ड सम्बन्धि तालिम सुरु भएको छ ।

     प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यवसायिक सिप तथा तालिम केन्द्रको आर्थिक सहयोगमा जय मधेश सेक्युरिटि सर्भिस प्राईभेट लिमिटेड, जनकपुरले 

ईश्वरपुर र हरिपुर नपा मा महिला र बलरा नपा तथा कौडेना गापा मा पुरुष सहभागिहरुको लागि सुरक्षा गार्ड सम्बन्धि  तालिम दिइरहेका छन्  ।

    २०-२० जनाको समूह बनाएर  ३२ दिन सम्म अवकाश प्राप्त नेपाली सेना र नेपाल प्रहरीले निशुल्क रुपमा तालिम प्रदान गरिरहेको  कार्यक्रमका संयोजक विशाल गुप्ताले  जानकारी दिए । तालिम फाल्गुनको अन्तिम सातामा समापन गरिने संयोजक गुप्ताले बताए । तालिम पछि बिभिन्न स्थानिय तह तथा गाँउगाँउमा खुलेका बैँक तथा वित्तिय संस्थामा सुरक्षा गार्डका रुपमा काम गर्न सकिने र रोजगारी पाउन पनि सहज हुने विस्वास गरिएको छ ।


No comments:

Post a Comment