Sunday, February 7, 2021

मलंगवामा रोयल कप सुरु


मलंगवामा रोयल कप  सुरु 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ २५

     सर्लाहीको सदरमुकाम मलंगवामा आज(आइतवार)बाट  रोयल कप २०७७ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

   आवासीय ब्राईट फ्युचरको  आयोजनामा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले उद्घाटन गर्नु भएको आयोजक समितिका अध्यक्ष रुपेश अधिकारीले जानकारी गराउनुभयो ।मलंगवा नपा-१० स्थित  तिन मैदानमा हुने उक्त प्रतियोगितामा जिल्ला भरका ३२ वटा टिमको सहभागिता रहने आयोजक  समितिले जनाएको छ  ।  

    पहिलो दिनको उद्घाटन खेल  आवासीय ब्राइट फ्युचर र अल कैप्टेन बिच खेलाइएको  नेपाली डि.पी बैटलका जिल्ला अध्यक्ष प्रीन्स गुप्ताले जानकारी दिए।

No comments:

Post a Comment