आफैले चलाएको ट्याक्टरको स्टेरिङमा च्यापिएर सर्लाहीमा एकजना चालकको मृत्यु
मनोज यादव---
सर्लाही ,फाल्गुन ११
सर्लाहीको बलरामा ट्याक्टरको स्टेरिङमा च्यापिएर आज(मंगलबार)एकजना ट्याक्टर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको गढीमाई नगरपालिका वडा न- ८ बिनगराटोल बस्ने वर्ष १८ का अवधेश पटेल रहेका छन् ।
चालक पटेलको आज बिहान साढे ८ बजे बलरा नगरपालिका-५ फुलबरिया स्थित बैजुनाथ सुगर मिलको धर्म काँटामा आफैले चलाएको ना २ त ६९३४ नम्बरको ट्याक्टरको स्टेरिङमा च्यापिएर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिएको छ ।
No comments:
Post a Comment