Sunday, February 7, 2021

ज्वाइन आवर हैण्ड्सले भेल्हीका विपन्न तथा दलित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरे

 

ज्वाइन आवर हैण्ड्सले भेल्हीका विपन्न तथा दलित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरे


लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ २५

     ज्वाइन आवर हैण्ड्स मलंगवाले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न-३ भेल्हीमा संचालित सन्ध्याकालिन टिउसन सेन्टरमा अध्यनरत आर्थिक रुपले  विपन्न ,टुहुरा तथा दलित समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र खाजाको लागि खाद्यान्न वितरण गरेको छ ।

     उक्त टिउसन सेन्टरमा अध्यनरत जम्मा ५० जना स्थानीय बालबालिकाहरुलाई  शैक्षिक सामग्रीहरुमा कापी , पेनसिल र खाजा वितरण गरिएको संस्थाका अध्यक्ष राजेश पंडितले बताए ।आर्थिक असम्पन्नताका कारण विद्यालय जान नपाएका र  शैक्षिक सामाग्री खरिद गर्न सक्ने हैसियत नभएका विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउको लागि , विद्यालय जान्न बाट बन्चित हुन नदिनको लागि , बालबालिकालाई प्रोत्साहन , कापी कलमको बाहानाले विद्यालय नजाने रोक्नको लागि र शैक्षिक सुधार , दलित बालबालिकाको गुणस्तरीय शिक्षा , सबैको लागि अनिवार्य शिक्षाको उदेश्यले भेल्हीका राकेश कुमार साह र पुनम देवीले आफ्नै घरमा त्यस्ता बालबालिकाहरुलाई हरेक साँझ २ घण्टा मात्र ५० रुपैया सेवा शुल्क लिएर टिउसन पढाउँदै आएको जानकारी पाएपछि आफ्नो संस्थाको तर्फबाट पनि केही गर्नु पर्छ भन्ने सोंच लिएर  केही थोरै भएपनि उनीहरूलाई  त्यस्ता सामाग्रीहरु वितरण गरेर सहयोग गरेको अध्यक्ष पंडितले बताउनुभयो ।

     संस्थाको तर्फबाट टिउसन सेन्टर संचालक शिक्षक र शिक्षिकालाई सम्मान समेत गरेको संस्थाका कोषाध्यक्ष सुजित चौधरीले जानकारी दिए ।

    सहयोग सामाग्री लिएर भेल्ही स्थित टिउसन सेन्टरमा पुगेका संस्थाका अध्यक्ष ,कोषाध्यक्ष , सदस्यद्वय स्वस्तिका साह र बिक्रम पटेललाई शिक्षक , बालबालिका तिनका अविभावकहरुले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।


1 comment: