Sunday, February 28, 2021

मलंगवा बजारको सडक चाैडा नहुँदा सर्वसधारणलाई समस्या

 

----विकासमा राजनीति भयो भने भावि पुस्ताले विकासको अनुभुति गर्न नपाउने चिन्ता----


मनोज यादव---

सर्लाही ,फाल्गुन १६

    वर्षाै वर्ष देखि सर्लाही  जिल्लाकाे सदरमुकाम मलंगवा  नगरपालिका स्थित रहेका बजार र भित्री टोलका सडकहरु साँघुरो तथा  जिर्ण अवस्थाका रहे पनि  कुनै निकायले ध्यान नदिँदा सर्वसाधारणहरुलाई सास्ति बेहाेर्नु परेको छ ।

    बाबा स्वामिको मठदेखि बसपार्क , बालमन्दिर , नगरपालिका चौक, भगवती मन्दिर हुँदै राजश्री सिनेमा हलसम्मको मुख्य सडकको दुवै छेउमा सानाठूला सवारीसाधनहरु पार्किङ गर्दा गाडीदेखि बाटाेमा हिड्ने पैदल यात्रीहरुलाई समस्या हुँने गरेको छ ।उक्त सडकमा गाडीहरुको चाप पनि धेरै हुने गरेका छन् ।मुख्य सडक मात्र नभइ नगरका भित्री सडकहरु पनि साँघुरो रहेका छन् ।

   तर ती सडकहरु बनाउनकाे लागि पटक पटक नगरपालिकाको   ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएको स्थानीयबासीहरुले बताएका छन् ।नगरप्रमुख निरसल साहले भने अब केही दिन भित्रै सडक अतिक्रमण गरेर बनाइएका घर टहराहरु हटाउनका लागि  सूचना जारी गरि सडक निर्माणको काम सुरु गर्ने बताउनुभएको छ ।   

     बजारमा प्रवेश गर्ने सबै बाटाेहरु अतिक्रमण गरिएका छन् । कसकाे घर सडकमा पर्छ कसकाे पर्दैन त्याे हेर्ने समय नरहेकाे र जनसंख्या दिन प्रतिदिन बढिदै गईरहेकाेले आउँदो पुस्ताको भविष्यलाई मध्येनजर गर्दै सडक चाैडा हुनु पर्ने स्थानीयहरु  सुझाव छ ।विकासको मामिलामा मलंगवा जिल्लामै सबैभन्दा पुरानो र पहिलो नगरपालिका भएपनि  लालबन्दी , हरिवन, बागमती ,बरहथवा, इश्वरपुर लगायतका नयाँ  नगरपालिकाहरुको  तुलनामा धेरै पछाडि परेकोेले मलंगवालाई विकास तिर ल्याउनु छ भने कसैकाे प्रभा नगरि जनता प्रति उत्तरदायी भएर अगाडि बढनु अहिलेको अावश्यकता पनि छ ।  यदी यसमा राजनीतिक खेल भयाे भने भावि पुस्ताले कहिले पनि मलंगवामा विकास भएको देख्न पाउने छैन ,जानकारहरु बताउँछन् ।  


No comments:

Post a Comment