Sunday, February 28, 2021

जेसिज माविका प्रिन्सिपल भोला भट्टद्वारा बुवाआमाको सम्झनामा बृद्धवृद्धालाई मिष्ठान्न भाेजन तथा नगद सहयोग



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन १६

        सदरमुकाम मलंगवामा  रहेको जेसीज अंग्रेजी अावासीय मा.वि.का प्रिन्सिपल लालबन्दी नगरपालिका वडा न-७ निवासी भेला भट्टले स्वर्गीय बुवाआमाको सम्झनामा वृद्धाश्रममा आश्रित वृधवृद्धाको लागि नगद रकम सहयोग गरेका छन् ।

    प्रत्येक महिना ११ सयको दरले विगत दुई वर्ष देखि लगातार  नगद रकम सहयोग गर्दै आइरहनु भएका भट्टले आज(आइतवार)स्वर्गीय बुवा  राम प्रसाद भट्टको काे १३अाैं दिनको पुण्य तिथिको अवसर पारेर एक मुष्ट  ११ हजार नगद रुपैया सहयोग गर्नु भएको हो । आजै दिउँसो जेसीज अंग्रेजी अावासीय मा.वि.का कक्षा १० "ख"का बिद्यार्थीहरुले आफ्नो गोजी खर्चबाट केही रकम बचाएर जम्मा भएको रकमबाट  लालबन्दी नपा- २ जुटपानी स्थित पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा  बुवा-अामालाई मिष्ठान्न भाेजन समेत गराएको सेवाश्रमकी संचालिका भवानी कोइरालाले बताएका छन्  । 

   सेवाश्रमका संरक्षक कोइरालाले   दुइवर्षदेखि लगातार रुपमा नगद रकम सहयोग गर्दै आइरहनु भएका भट्टलाई संस्थाको तर्फबाट सम्मान स्वरुप दाेसल्ला अाेढाएर धन्यवाद दिएका छन् ।

1 comment:

  1. राम्रो काम मा हामी लाई कहिलै पनि भगनु पर्दैन ।
    जहिले पनि यस्तो काम मा हामी लाई सहियोग पुरियाइदिनु पर्छ ।
    यो सेवाश्वासम चलाउने बेग्तिलाइ मेरो बाट ध्नियावाद छ ।
    ( राम्रो बेग्ती बन लाई मान्छे धेरै सोचनु पर्छ । )

    म सर्लाही मलङ्वा बाट निराजन शर्मा

    ReplyDelete