Tuesday, February 9, 2021

विद्यार्थीलाई विभिन्न अपराध न्युनिकरण , सजाय र कानुनी व्यवस्था सम्बन्धि प्रहरीद्वारा प्रशिक्षण प्रदान

 


लोकतन्त्र समाचारदाता----

सर्लाही ,माघ २७

    सामुदायिक प्रहरी साझेदारी अवधारणा अन्तर्गत  सर्लाहीको सदरमुकाम मलंगवामा ग्रिनलैण्ड माविको कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई साइबर अपराध,बालबिवाह,लागुऔषध,यौन हिंसा लगायतका अपराधहरुको न्युनिकरण सजाय र कानुनी व्यवस्था एवं घटित अपराधको न्यायीक निरोपण सम्बन्धि एक दिने सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ ।

   संघीय प्रहरी ईकाइ कार्यालय जनकपुरका प्रहरी बरिस्ठ उपरीक्षक किशोर कुमार दाहालले जिल्ला समन्वय समितिको सभाहलमा सो विद्यालयका विद्यार्थीहरु सहित शिक्षक,शिक्षिका,स्थानीय बुद्धिजीवी ,भद्रभलादमी लगायत जिल्ला  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु समेतलाई प्रशिक्षण प्रदान गरिएको छ ।२५० जनाको सहभागीता रहेको उक्त कार्यक्रममा सहभागी भएकाहरुलाई श्रव्य दृश्य सामाग्री प्रशारण गरि सचेतनामूलक प्रशिक्षण प्रदान गरिए थियो ।

     सोही कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रमले पारेको प्रभावको सम्बन्धमा प्रतिष्प्रधात्मक लेख रचना लेख्न लगाइ उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


No comments:

Post a Comment