Saturday, February 6, 2021

श्री मधेशी आधारभूत विद्यालय सलेमपुरको विद्यालय व्यवस्थापन समिति गठन




लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ २४ 

     सर्लाहीको कविलासी नगरपालिका वडा न-१० स्थित सलेमपुरमा श्री मधेशी  आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ । 

       प्रदेश न-२ का सांसद तथा प्रदेश मामिला सभापति अशोक यादवको प्रमुख आतिथ्यतामा   बसेको अभिभावक भेलाले सर्वसम्मतिबाट रामप्रसाद महतो,महबुब फकिर, उर्मिला देवी माझी र हकिना खातुन सदस्य रहने गरि  विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

    उक्त अविभावक  भेलामा  कबिलासी ना.पा.शिक्षा प्रमुख राम वचन राय, नगर शिक्षा समिती सदस्य भाग्यनारायन मिश्रा, वडा अध्यक्ष देवनारायन  यादव,सलेमपुर मा.वि का प्र.अ रबिन्द्र यादब ,पुर्व शिक्षक तथा समाजसेवी  दिनेश यादब ,प्र.अ.राजेश कुमार यादव लगायत स्थानीय अविभावक तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । 





 



 



 


No comments:

Post a Comment