बिधुत सर्ट भएर ट्याक्टरमा आगलागी
सर्लाही ,फाल्गुन ५
सर्लाहीको बरहथवामा गुडिरहेको ट्याक्टरमा जडान गरिएको टेलरमा लोड गरेको उखुको फुसमा ११ हजार भोल्टको बिधुतको तार छुन गई करेन्ट सर्ट भएर आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।
मंगलबार जिल्लाको बरहथवा नपा-९ मुर्तिया स्थित मुर्तियाबाट जिरायततर्फ उखुको फुस लोड गरि जाँदै गरेको ना १ त ७२८९ नम्बरको ट्याक्टरमा जडान गरिएको टेलर माथिबाट गएको ११ हजार भोल्टको बिधुतको तारमा छुन गई करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।
दिउँसो पौने २ बजे सुरु भएको आगलागी इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायव निरिक्षक मनोज ठाकुरको कमान्डमा गएको प्रहरी टोली स्थानीयबासीहरुको सहयोगमा सवा २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
No comments:
Post a Comment