Monday, February 8, 2021

मलंगवाको खुल्ला नालामा डुबेर बालकको मृत्यु

 

मलंगवाको खुल्ला नालामा डुबेर बालकको मृत्यु


लोकतन्त्र समाचारदाता----

सर्लाही ,माघ २६

    सर्लाही सदरमुकाम मलंगवामा  नालामा डुबेर एक बालकको मृत्यु भएको छ ।

     मलंगवा  नगरपालिका वडा न-१० स्थित नारायण धर्मशालाको अगाडी सडक छेउको नालामा डुबेर लालबन्दी नपा बस्तिपुर घर भइ हाल मलंगवा नपा -१० मा होटल संचालन गर्दै आएका प्रमोद अधिकारीको १४ महिने छोरा राज अधिकारीको मृत्यु भएको हो ।शुक्रवार साँझ ६ बजेको समयमा खेल्ने क्रममा नालामा डुबेर घाइते भएको  बालकको स्तुति सौम्या हेल्थ केयर मलंगवामा प्राथमिक उपचार गरि थप उपचारको लागि काठमाडौ लगेको र त्यही उनको उपचारको क्रममा मृत्यु भएको काका प्रकाश अधिकारीले जानकारी दिए ।

     सडक निर्माणका क्रममा बनाइएका  नालाहरु नछोपेर त्यसै छाडिएका कारण त्यस्मा   जमेको पानीमा डुबेर मलंगवामा कयौं स–साना बालबालिकाको मृत्यु भइसकेको  छ । तर पनि खुल्ला छाडिएका नालहरु छोप्ने तर्फ नगरपालिकाको ध्यान नगएको कारण स-साना बालबालिकादेखि व्यस्क मानिसहरुको अकालमै ज्यान गइरहेको छ ।

      यसतर्फ नगरपालिकाको अविलम्ब ध्यान जानु पर्ने नागरिक समाज सर्लाहीका महासचिव शिवशंकर चौधरीले बताए ।


No comments:

Post a Comment