Thursday, February 25, 2021

धनकौलमा आगलागीबाट लाखौंको क्षति

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १३

       सर्लाहीको धनकौल गाउँपालिका-५ छठियाघाटमा बुधबार  राती एक घरमा आगलागी हुँदा करिब १२ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

     स्थानीय विलास महतोको काठको दुईतल्ले घरमा  बुधबार राति साढे ८ बजे तिर अचानक खाना पकाउने ग्याँसको सिलिन्डर लिक भएर आगलागी हुँदा काठको  दुइतल्ले कच्ची घरसमेत गरि घर भित्र रहेका अन्नपात,लत्ताकपडा ,विभिन्न इलेक्ट्रोनिकका सामान ,काठका सामान र नगद रु ३ लाख गरि ११ लाख ६३ हजार ७ सय रुपैयाको क्षति  भएको पिडितलाई उद्रित गर्दै जिप्रका सर्लाहीले जनाएको छ ।

    आगलागी सुरु भएको खवर पाएपछि हरकठवाबाट इलाका प्रहरी र सशस्त्र प्रहरीबाट गएका सुरक्षाकर्मीको टोली दमकलको सहयोगमा स्थानीयबासीहरु सँग मिलेर राति पौने ११ बजे आगलागी नियन्त्रणमा लिएका थिए ।आगलागीबाट कुनै किसिमको मानवीय तथा पशु चौपायालाई क्षति नभएको जिप्रकाले जनाएको छ ।




No comments:

Post a Comment