Monday, February 8, 2021
मलंगवामा वर्तमान शिक्षामा योगको महत्त्व सम्बन्धि विचार गोष्ठी सम्पन्न
आनन्द मार्ग योग सोसाइटी नेपालको आयोजनामा सर्लाहीको सदरमुकाम मलंगवामा त्री-दिवसीय आनन्द मार्ग योग एवं धर्म साधना तथा "वर्तमान शिक्षामा योगको महत्त्व" विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।आम जनमानसमा योग सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उदेश्यले शिविरको आयोजना गरिएको हो ।
मलंगवा नपा वडा न-३ स्थित प्रोफेसर रामबाबु साहको निवासमा आयोजित त्रि-दिवसीय शिविरमा भारतको कलकत्ताबाट आएका प्रमुख वक्ता वरिष्ठ आचार्य वित्तमोहनान्द अवधूत तथा महिला सन्यासी योग-ध्यान प्रशिक्षकहरुले योग आशन तालिम सँगै शरिर विज्ञान ,मनोविज्ञान ,आधात्म विज्ञान लगायत आनन्द मार्ग दर्शनको बारेमा विशेष कक्षा मार्फत सहभागीहरुलाई जानकारी गराइएको कार्यक्रम संयोजक आचार्य परिपूर्णानन्द अवधूतले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment