Wednesday, February 17, 2021

दुधमा मिसावट गरेर मानव स्वास्थ्य माथि खेलवाड गर्दै यहाँका दुध डेरी



मनोज यादव---

सर्लाही ,फाल्गुन ५

     बढी कमाइको लोभमा शहर बजारमा संचालित निजी दुध डेरीका संचालकहरु दुधमा हानिकारक रसायन तथा  पाउडर मिसाएर बिक्री गरेको पाइएको छ ।सदरमुकाम मलंगवा लगायत जिल्लाका विभिन्न शहर तथा स्थानीय बजारमा निजी लगानीमा संचालित  दुध डेरीवालाहरु दुध तथा दुधजन्य पदार्थमा मानव शरिरलाई प्रत्यक्ष हानि  नोक्सानी पुर्याउने सेन्थेतिक नामक पाउडर मिसाएर बिक्री वितरण गर्ने गरको पाइएको श्रोतले जनाएको छ ।

     थोरै लगानीमा धेरै आम्दानी गर्ने लोभमा  हानिकारक पाउडर मिसाएर शुद्ध दुधलाई स्लो प्वाइजन बनाएर खुलेआम रुपमा रुपमा बिक्री वितरण गरि  जनस्वास्थ्य माथि खेलवाडको साथै  आम उपभोक्ताहरुलाई ठगि गर्ने  त्यस्ता डेरी संचालकहरु माथि कडा कानुनी कार्यवाही गर्न स्थानीय प्रशासन तथा नियमन निकाय अगाडी आउनु पर्ने इन्सेक सर्लाहीका जिल्ला प्रतिनिधि बुधन साहले बताए ।सरोकारवाला र नियमन निकायको लापरबाही तथा बेवास्ताकै कारण नियमित बजारको अनुगमन नहुँदा दैनिक हजारौं उपभोक्ताहरु ठगिको सिकार बन्दै आइरहेका छन् ।

    डेरीवालाहरु सानासाना बालबालिका ,बिरामी र वृद्दवृद्धाहरुको लागि अती आवश्यक मानिएको  दुधको गुणस्तर घटाउने र हानिकारक रसायन मिसाएर बिक्री गर्ने गरेको पाइएपनि कार्यवाही गर्ने राज्यका निकायहरु मौन रहेकाले त्यसबाट आम उपभोक्ताको ज्यान जोखिममा परेको जानकारहरुले बताए ।डेरीबाट किनेर ल्याएको दुध घरमा परिक्षण नगरि प्रयोग गर्ने परिपाटीका कारण मिसावट भए नभएको थाहा नहुने भएकोले उपभोक्ताहरु दैनिक रुपमा ठगिको सिकार बन्ने गरेका छन्।

    दुध बनाउन प्रयोग हुने सेन्थेतिक पाउडर माथि नेपाल र भारत दुवै देशको सरकारले प्रतिबन्ध लगाएको भएपनि यहाँका डेरी संचालकहरु कम लगानीमा बढी फाइदा लिने मनसायले उपभोक्ताको स्वास्थ्य प्रति ख्यालै नगरि लुकाइछिपाइ ल्याएर दुधलाई गाढा बनाउन मिसावट गरि बिक्रीवितरण गर्ने गरेका छन् ।

    स्वास्थ्यकर्मीहरुका अनुसार त्यस्ता हानिकारक रसायन मिसाइएका दुध तथा दुधजन्य सामाग्रीको सेवनबाट प्रयोग गरेको केही दिनमै लिभर खराब हुने,किड्नीमा असर गर्ने र ग्यास्ट्रिक रोग लाग्ने गरेको छ ।

   उपभोक्ता संरक्षण ऐन २०५४ को दफा १० मा गुणस्तर छ भनेर गुणस्तरहीन सामाग्री बिक्रीवितरण गर्न नपाउने उल्लेख गरिएको छ ।ऐनको दफा दफा १०(ग)मा निम्न स्तरको उपभोग्य बस्तु वा सेवा भनि बिक्रीवितरण गर्न नहुने र त्यस्तो गरेको पाइएमा ५ वर्षसम्म कैद वा १ लाख रुपैया जरिवाना अथवा दुवै सजाय हुने कानुनमा  उल्लेख गरिएको छ ।

No comments:

Post a Comment