Tuesday, February 9, 2021

आफ्नै घर अगाडी खेलिरहेको बालकलाई मोटरसाइकलले हान्यो

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,माघ २७

      सर्लाहीका बरहथवामा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएको छ ।

    सोमबसर साँझ बरहथवा नपा-१४ सहिदपुर स्थित पिप्राभित्ताबाट सहिदपुरतर्फ जाँदै गरेको BR30 N 3943 नम्बरको मोटरसाइकलको ठक्करबाट  सोही ठाउँ बस्ने सरोज महतोका ३ वर्षीय छोरा राजकुमार महतो घाइते भएका हुन । उनलाई साँझ ६ बजेतिर आफ्नै घर अगाडी खेलिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

   घाइते बालकको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा प्राथमिक उपचार गरि थप उपचारको लागि बिरगंज लगिएको छ ।मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment