Tuesday, February 9, 2021

मलंगवाबाट वडाध्यक्ष रायको सरकारी मोटरसाइकल चोरी

 मलंगवाबाट वडाध्यक्ष रायको सरकारी मोटरसाइकल चोरी



राजिव साह--

सर्लाही ,माघ २७

मलंगवा नगरपालिका  एक वडाध्यक्षको सरकारी मोटरसाइकल चोरी भएको छ। मलङवा नगरपालिका वडा नम्बर २ का अध्यक्ष राम उजैन रायको  ना–०१– ब २७४० नम्बरको सरकारी र ना-४३प ५७४८ निजी गरि २ वटा  मोटरसाइकल चोरी भएको हो।


मलंगवा स्थित  उनको आफ्नै घर बाहिरबाट सोमवार मध्यरातमा मोटरसाइकल चोरी भएको बताइएको छ। सुतिरहेको बेला मध्यरातमा मोटरसाइकल चोरी भएको वडाध्यक्ष रायले जानकारी दिए।


चोरी भएको मोटरसाइकल खोजिदिन उनले प्रहरी कार्यालयमा निवेदनका साथ जानकारी गराएको र मोटरसाइकल खोजीको कार्य तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

No comments:

Post a Comment