Saturday, February 27, 2021

खाद्य तथा कृषि संस्थाले वितरण गरेको गुणस्तरहीन बिउका कारण धारासायी बन्दै व्यवसायीक तरकारी खेती

 ----ऋण लिएर गरेको खेती बिगि्रए पछि सर्लाहीका किसान मारमा---


लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन १५ 

       सर्लाहीको पुर्वी क्षेत्रमा पर्ने धनकौल गाउँपालिकामा कृषि समूहमा आबद्ध भइ  व्यवसायी  तरकारी खेती गर्दै आएका स्थानीय महिला समूहका सदस्यहरु खाद्य तथा कृषि संस्थानले वितरण गरेको  गुणस्तरहीन बीउका कारण ऋण लिएर लगाएको तरकारी खेती बिग्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।निशुल्क रुपमा बीउ पाउने भएपछि गाउँमै साहु महाजन सँग चर्को ब्याजदरमा ऋण लिएर गरेको तरकारी खेती टिप्ने बेलामा आएर पुरै बिगि्रएको उनीहरूले गुनासो गरेका छन् ।

     तरकारी बेचेर पैसा कमाउने सपना देखेका स्थानीय महिला किसानहरुको टाउकोमा झन ऋणको भार थपिएको छ। संस्थानले आफुहरुलाई झुक्याएर वितरण गरेको गुणस्तरहीन बिउका कारण खेती बर्बाद भएर रातदिन गरेको मेहनत खेर गएको  ब्रह्मबाबा महिला कृषि समूह धनकौलकी सदस्य रवतीया देवीले बताइन । संस्थानले समूहलाई  समयमा  कुनै  सामग्री समेत वितरण नगरेको गुनासो गर्दै कमसल जातको बिउ विजनका कारण आलु, प्याज , काउली, बन्दाकोभी, लगायतका तरकारी बाली पुरै बिगि्रएको बताइन ।

    सुरुका दिनमा समूह बनाउने बेला  संस्थानले राम्रो र गुणस्तरीय बीउ  वितरण गरेपनि अहिले आएर कमसल  जातको बिउ वितरण गर्न थालेको समूहकै अर्का एक सदस्य  शान्ति देवीले बताइन ।खाद्य तथा कृषि संस्थान द्वारा वितरण गरिने  बीउ विजन र कृषि  सामग्रीहरुको माग स्थानीय स्तरमा उच्च रहेपनि लक्षित समूहसम्म   ढिलो गरि पुग्ने गरेको छ । संस्थानले खेतीको लागि अावश्यक पर्ने रासायनिक मल, किटनाशक औषधी, स्प्रे टयांकी, पम्पसेट,कोदालो  बिउविजन, लगायतका सामग्री समयमा वितरण नगर्दा स्थानिय स्तरमा कृषि क्षेत्र धरासायी बन्दै गएको र कृषिमा निर्भर रहेका  परिवार समस्यामा परेको शान्तीदेवीले  गुनासो गरिन ।  कुनै पनि किसिमको उपकरणहरु हालसम्म  वितरण  नगरिएको उनीहरुले बताएका छन ।  

दिनरात मेहनत गरेर गरेको खेतीमा संस्थाले वितरण गरेको गुणस्तहिन बिउका कारण  दिनरात मेहनत गरेर गोडमेल गरेको बालीमा फल समेत नलागेको र  केहीमा  लागेपनि सानो र अस्वस्थ  फल लागेकाले  काटेर  गाईवस्तुलाई खुवाउने गरेको उनीहरुले बताए ।

       ग्रामीण क्षेत्रमा परिवारको भरण पोषणका लागि  आम्दनीको एकमात्र स्रोत कृषि पेसा भएकोले कमसल जातको बिउका कारण पेशा संकटमा परि परिवार बिच्चलीमा परेको समूहका सदस्यहरुले दुखेसो पोखेका छन। 

     वि.स २०७२ साल चैत्रमा खाद्य तथा कृषि संस्थाद्वारा ग्रामिण महिला सशक्तिकरणका कार्यक्रम संचालन गर्नका लागि सर्लाहीको धनकौल गाउँपालिका वडा न-३ र  ५ मा गरी जम्मा ९ वटा महिला कृषि समूह गठन गरिएपनि सम्बन्धित निकायको चरम लापरवाहीका कारण गठन   भएका समूहहरु अहिले कागजमै सिमित हुन पुगेको छ ।


 


No comments:

Post a Comment