Monday, February 15, 2021

रौतहटमा ५ फरार अभियुक्त पक्राउ

 



नवाव अली---

रौतहट ,फाल्गुन ३

      रौतहट प्रहरीले अदालतबाट विभिन्न मुद्दामा  कैद तथा जरिवाना सजाय भइ हालसम्म  फरार रहेका ५ जना प्रतिवादीहरुलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले  ती अभियुक्तलाई पक्राउ गरेको हो । 

      प्रहरीका अनुसार चोरी  मुद्दामा फरार रहेका प्रतिवादी साविक प्रतापपुर पल्टुवा गाविस वडा न-७ हाल   गुजरा नगरपालिका-६ बेदौली टोल बस्ने  भोगा राय यादवका छोरा वर्ष २७ का सन्दिप कुमार यादव भन्ने अजय कुमार यादव,बन मुद्दाका साविक चन्द्रनिगाहपुर गाविस वडा न-३ हाल चन्द्रपुर नपा-३ गैंडाटार बस्ने संचार सिंह भन्ने संचार सिंह मोक्तानका छोरा वर्ष २७ का सोम लामा भन्ने पुर्ण बहादुर मोक्तान ,चोरी मुद्दाका चन्द्रपुर नपा-३ बस्ने चन्द्रबहादुर तिवारीका छोरा वर्ष ४९ का रमन तिवारी भन्ने बुद्धि बहादुर तिवारी , बन मुद्दाकका चन्द्रपुर नपा-३ बस्ने भोजवा धामीका ४० वर्षीय छोरा पुरण धामी र सोही ठाउँकै  बन मुद्दाका फरार प्रतिवादी अस्वा धामीका छोरा वर्ष ४५ का विजय धामी रहेका छन् ।

     उनीहरुलाई जिल्ला अदालत गौर मार्फत कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले   जानकारी दिएको छ ।



No comments:

Post a Comment