Sunday, February 7, 2021

बरहथवामा डिप बोरिङको शिलान्यास




राधेश्याम कुशवाहा---

सर्लाही ,माघ २५

      सिँचाई सेवा नपुगेका क्षेत्रका किसानहरुलाई लक्षित गरेर सर्लाहीको बरहथवा नगरपालिका वडा न-५ हात्तीडन्डामा  डिप बोरिङको  शिलान्यास गरिएको छ । हात्तीडन्डाका किसानहरुलाई सहज रुपमा सिंचाइ सेवा उपलब्ध गराउने उदेश्यले ८० लाखको लागतमा सो बोरिङको निर्माण गर्न लागेको वडा न- ५ का वडाअध्यक्ष संजय प्रसाद गुप्ताले जानकारी गराउनुभयो । 

    बरहथवा नपा जिल्लामै सबैभन्दा बढी कृषि उपज उत्पादन हुने पालिका मध्ये एक रहेको उल्लेख गर्दै वडाध्यक्ष गुप्ताले पश्चिमी र यूरोपियन देशहरुले कृषि क्षेत्रमा क्रान्ति ल्याउन सकेपनि हाम्रो देश अहिले पनि परम्परागत कृषि प्रणालीमै  सिमित हुन पुगेको गुनासो गर्नुभयो  ।

सरकारले सिँचाईको लागि ठोस निति निमार्ण गर्न नसक्दा नेपाल जलस्रोतमा दोस्रो धनी देश भएपनि अधिकांश ठाउँमा सिंचाइ सुविधा  पुग्न सकेको  छैन । खेतको नजिक भएर ठुलठूला खोला बगे पनि पानीको उचित व्यवस्थापन हुन नसक्दा खेतमा सुख्खा हुने गरेको उनले बताए । 

     बोरिङको निमार्ण भए पछि ७०  बिघामा सिँचाइ सुविधा  पुग्नुको साथै हजारौं गरिब किसानहरु लाभान्वित हुने गुप्ताले बताए ।

    कृषि उत्पादनलाई बढाउनका लागि स्थानिय स्तरमा कृषि सडकको निमार्ण समेत गर्न लागेको उहाँले बताउनुभयो । केही ठाउँमा निमार्ण भईसकेको  र केही ठाउँमा निमार्णको काम  अन्तिम तयारीमा रहेको उनले जानकारी दिए । 

   कृषि सडक नहुँदा स्थानीय स्तरमा उत्पादन भएका धान, गहुँ र मकै ,तरकारी ,फलफुल लगायतका  कृषि उत्पादन  ढुवानी गर्नमा समस्या हुदै आएको र सडक निमार्ण पछि   कृषि उत्पादनमा समेत वृद्धि हुने विश्वावास लिएको उनलेे  थपे ।


No comments:

Post a Comment