Saturday, February 27, 2021

अस्पतालको लापरबाहीले बालकको मृत्यु भएपछि राजमार्गमा टायर बालेर प्रदर्शन/

 

**एक घण्टा राजमार्ग अवरुद्ध पछि सुचारु** 


लोकतन्त्र समाचारदाता----

सर्लाही, फागुन १५

    सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालकका  आफन्त र स्थानियबासीहरु मिलेर शुक्रबार  सर्लाहीको लालबन्दीमा टायर बालेर प्रदर्शन गरेका छन ।अस्पताल प्रति आक्रोश व्यक्त गर्दै उनीहरुले एक घण्टासम्म पुर्व पश्चिम राजमार्ग समेत जाम गरेका थिए ।

    लालबनदी नगरपालिका वडा न- ६ जनवादी चौक निवासी  रमेश गिरीको ७ महिने छोराको स्थानीय गाउँमैत्री बाल अस्पतालमा केहि दिन देखि उपचार चल्दै आएको र अस्पतालले बालक सिकिस्त भएपछि शुक्रवार बिहान रेफर गरेर पठाएपछि जनकपुर लाने क्रममा बालकको बाटोमै मृत्यु भएक थियो ।उपचार सम्भव नभएपछि सुरुमै रेफर गर्नुको सट्टा अन्तिम समयमा आएर रेफर गरेर उपचारमा संलग्न चिकित्सकले गैरजिम्मेवारीपुर्ण काम गरेको र आफुहरुलाई अभद्र व्यवहार समेत गरेको बालकका आफन्तहरुको आरोप छ । 

     पिडित परिवार र अस्पताल पक्ष बिच बार्ता भइ बालकको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले मिनहा गर्ने सहमती भएपछी करिब १ घण्टा अवरुद्ध गरिएको  राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए । 




No comments:

Post a Comment