Saturday, February 20, 2021

कृषि ज्ञान केन्द्रको बजेट सार्वजनिक गरियो



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन ८

     कृषि ज्ञान केन्द्र सर्लाहीले  एक कार्यक्रमका बिच आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट सार्वजनिक गरेको छ ।

    केन्द्रले आफ्नो  वार्षिक कार्यक्रम अनुसार शुक्रबार सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा  स्थानीय तह समन्वय अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बजेट सार्वजनिक गरेको हो ।

    केन्द्रका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहाको अध्यक्षता तथा जिसस सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रम मार्फत केन्द्र द्वारा आ.व ०७७/०७८ मा संचालन हुने कार्यक्रम र त्यसका लागि छुट्टयाइएको बजेटको बारेमा विभिन्न स्थानीय तहबाट आमन्त्रित गरिएका  सम्बन्धित क्षेत्रका पदाधिकारी तथा सरोकारवालाहरुलाई जानकारी गराएको ज्ञान केन्द्रले जनाएको छ ।

    केन्द्रले बल्क विकास कार्यक्रम अन्तर्गत संचालन हुने क्षमता विकास ,प्रविधि तथा प्राविधिक सहयोग ,उत्पादन सामाग्री सहयोग,कृषि औजार उपकरण सहयोग ,पोष्ट हार्भेष्ट सेन्टरको स्थापना,नर्सरी पूर्वाधार विकास सहयोग ,साना सिंचाइ निर्माण तथा मर्मत सम्भार सहयोग लगायतका  विभिन्न क्रियाकलापहरुको बारेमा पनि जानकारी गराएका थिए ।

No comments:

Post a Comment