Thursday, February 11, 2021

ट्राफिक प्रहरीले सडकमै लेखे सवारीसाधनमा नम्बर प्लेट




मनोज यादव----

सर्लाही ,माघ २९

   जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक  प्रहरीले नम्बर प्लेट स्पष्ट नदेखिने  सवारी साधनलाई पुनः नम्बर प्लेट लेख्न लगाएको छ ।

    पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चौकमा नियमित  चेक जाँचको क्रममा फेला पारेका नम्बर प्लेट मेटिएका तथा  नम्बर नबुझिने सवारीसाधनलाई सडकमै रोकेर स्पष्ट  देखिने गरि नम्बर प्लेट लेख्न लगाईएको हो ।  

     यसभन्दा अघि पनि जि.ट्रा.प्र कार्यालय नवलपुरको निर्देशनमा ट्राफिक प्रहरीले सवारी साधन तथा  ट्याक्टर  ट्रलीको पछाडी रातको समयमा स्पस्ट देखिनको लागि टल्किने स्टिकर टाँस्न लगाएका थिए । ट्राफिक प्रहरीले त्यसको लागि एक जना पेन्टर आफुसँगै लिएर हिड्ने गरेको छ । 

    ‘कुनै अप्रिय घटना हुँदा मेटिएका नम्बर प्लेटका कारण दोषी पत्ता लगाउन गाह्रो पर्छ’ ट्राफिक प्रहरी कार्यालय मलंगवाका  प्रमुख असइ केपी मैनालीले भने, ‘दुरुस्त रहेका नम्बर प्लेटका सवारी साधनबाट दुर्घटना भएमा जो कोहीले पनि नम्बर स्पष्ट देख्न सक्छन् ।’ दुर्घटना लगायतका गम्भिर प्रकृतीका अपराधमा सग्लनहरु प्राय सवारी साधनको प्रयोग गरेर नै भाग्ने गरेका कारण कहिलेकाही नम्बर प्लेट नदेखिदा अनुसन्धानमा समस्या पर्ने गरेको छ । ‘सवारी साधनका नम्बर प्लेट नबुझिदा कतिपय अवस्थामा प्रहरी अनुसन्धान समेत जटिल बन्छ’।यस्ता समस्याहरुलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले सवारी साधनका नम्बरहरु बुझिनेगरी लेख्न सुरु गरेको हो ।


No comments:

Post a Comment