Saturday, February 6, 2021

लागुऔषध सहित सलेमपुरका नन्दकिशोर पक्राउ

  


सर्लाही ,माघ २४

    प्रहरीले  सर्लाहीको कविलासी नगरपालिका वडा न-८ अगर्वाबाट ८० पत्ता नाइट्राभेट -१० लेखिएको १२ सय पिस ट्याबलेट लागुऔषधसहित शुक्रवार साँझ  एकजनालाई पक्राउ गरेको छ।  

  

      विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको टोलीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको BR30 M 0395 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा सेतो प्लास्टिकको झोलामा लुकाइ छिपाई राखेको सो मात्रामा लागुऔषध सहित कविलासी नपा-१० सलेमपुर बस्ने ३० वर्षीय नन्दकिशोर रायलाई नियन्त्रणमा लिएको जिप्रका सर्लाहीका प्रवक्ता प्रहरी निरिक्षक दिपक चोरवारले जनाएको छ । 

       लागुऔषध सहित पक्राउ परेका रायलाई आवश्यक कार्यवाहीको लागि जिप्रकाको हिरासतमा राखिएको प्रवक्ता  चोरवारले  बताएका छन् । 


No comments:

Post a Comment