Friday, February 26, 2021

पत्थरकट्टा जातिको जाँतो,लोर्हा ,सिलौटा बनाउने पेशा संकमा

 

मनोज यादव ---

सर्लाही ,फाल्गुन १४

     नेपालमा अति पिछडिएका  र न्यून संख्यामा रहेका  पत्थरकट्टा भन्ने थेवई जातिको  जाँतो,लोर्हा र सिलौटा, बनाउने पेशा संकटमा परेपछि उनीहरु आफ्नो  पहिचान गुम्ने चिन्तामा परेका छन् ।

    बढ्दो आधुनिकतासँगै समाजमा भएको परिवर्तन  पछि गाउँघरका टोल टोलमा पिठो र मसला पिंध्ने ग्राइण्डिङ्ग मेशीनहरु छ्याप्छ्याप्ति भएकाले सिलौटा,लोर्हा र जाँतो बनाएर जिविकोपार्जन गर्दै आएको उनीहरूको पुर्ख्यौली पेशा संकटमा पर्नुका साथै लोप हुने अवस्थामा पनि पुगेको छ। 

   उनीहरु नेपाल र भारतका विभिन्न स्थानबाट  कालो र गहुंगोरो पत्थर आयात गरेर तथा ओसारेर ल्याईएका गुणस्तरीय पत्थरबाट जाँतो,लोर्हा र सिलौटा बनाउने गर्दछन्। एउटा सामान बनाउन दिनभर समय लाग्ने गरेको पेशाकर्मी जुगल थेवईले बताए ।

   एकसेट लोर्हा- सिलौटा ४ सयदेखि ६ सय रुपैया  र जाँतो  १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्रि हुने गरेकोले  मेहनत र लगानी अनुसारको प्रतिफल नपाएको    उनीहरू बताउँछन् ।

   घोडा र खच्चरमा  बोकेर दिनभर गाउँटोल ,शहर, बजार डुल्दा पनि दैनिक दुइदेखि तीनवटा भन्दा बढी बिक्री नहुने गरेको उनीहरुले बताए । पत्थरकट्टा भन्ने थेवई जातिको घरपरिवार संख्या नेपालमा तीनसय भन्दा पनि कम रहेको छ ।जाँतो,सिलौटा बनाएर बिक्री गर्ने सिलसिलामा आफुहरुलाई  वर्षभरिनै स-परिवार जन्मथलो  छाडेर एक ठाउँबाट अर्को ठाउँमा घुमन्ते जिविन जिउनु पर्ने बाध्यता रहेको उनीहरुले दुखेको पोखे ।

No comments:

Post a Comment